वाल विवहा रोकथाम तथा वाल अधिकार सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सुरु

images
  • 268
    SHARES
  • पौष २५, २०८० बुधबार
    वाल विवहा रोकथाम तथा वाल अधिकार सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सुरु
    images

    सम्मुनत देवघाटको आधार धार्मिक पर्यटन कृषि र सम्पन्न पूवधार भन्ने मुल नाराका साथ देवघाट गाउँपालिकाकाद्वारा सिटीहलमा आयोजना गरिएको वाल विवहा रोकथाम तथा वाल अधिकार सम्वन्धी अभिमुखीकरण सम्बन्धी २ दिने कार्यक्रम आज देखि सुरु भएको छ ।

    कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले पहिलाको समयमा भन्दा वालविवाह कम भएको तर पूर्ण रूपमा अन्त्य नभएको हुनाले यो कार्यक्रम ल्याइएको बताए । वाल विवहाको कारणले विभिन्न क्षेत्रमा आफु पछि पर्ने सानै उमेरमा बच्चा जन्मने र आमा र बच्चा स्वस्थ नहुने भएकाले सबैले यस बारे बुझ्न आवश्यक रहेको समेत अधिकृत आचार्यले बताउनु भयो ।

    वालवालिका वाल विवहा रोकथाम तथा वाल अधिकार सम्वन्धी अभिमुखीकरण कार्यक्रम अत्यन्तै जरुरी कार्यक्रम हो यहाँ उपस्थिति सम्पूर्ण सहभागिलाई ध्यान पूर्वक बुझन र प्रशिक्षण लिन आग्रह गर्दै देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले बताउनु भएको थियो । साथै वाल वच्चालाई ध्यान दिनका लागि धेरै ध्यान दिनु पर्छ तब मात्र बालविवाहका कमि आउने बताउदै यो दुई दिनको तालिमले पनि राम्रा नराम्राे कुराहरु छूट्याउन मद्दत गर्ने बताउनु भएको थियो ।

    सो कार्यक्रमका ३५ जनाको सहभागिता रहेको थियो भने प्रशिक्षण तालिममा देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्ण राज पन्त तथा पर्यटन शाखाका होम बहादुर भारती र महिला तथा वालवालिका शाखाका शुभद्रा भट्टराईले‌ प्रशिक्षण दिनु भएको थियो ।

    तालिमको पहिलो दिन नेपालमा बालबालिका आवस्था , वाल विवाह के हो कति वर्षमा विवाह भए बालविवाह भनिनछ , बालअधिकार सम्बन्धी कानुनमा भएका व्यवस्था ,वाल विवाह रोकथामका लागि सरोकारवाला संग संस्थाको पहिचान र सरोकारवाला संघ पहिचानको भूमिका बिषयमा प्रशिक्षण दिइएको थियो ।

    दोश्रो दिन भने सो तालिममा नेपालमा बालअधिकार सम्बन्धी कानुनी व्यवस्था, बालविकास गठन प्रक्रिया र बाल क्लव सञ्चालन तरिका , वाल सञ्जाल गठन र पदाधिकारीको भुमिका, पालिका स्तरीय वाल सञ्जाल गठन बारे तालिम दिने प्रशिक्षक कृष्ण राज पन्तले जानकारी दिनु भयो । सो कार्यक्रमा देवघाट गाउँपालिका ५ नम्बर वडा सदस्य याम बहादुर मगर र देवघाट गाउँपालिकाका प्रसाशन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल लागायतको उपस्थिति रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend