प्रतिमा खत्री,
रेडियो देवघाटको १३ औँ बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पुरुष र महिला बिचको म्यारथुन दौड प्रतियोगितामा पुरुष तर्फ राजन वोटे र महिला तर्फ मनिषा गुरुङ विजयी भएको छ ।

पुरुष तर्फ दोस्रो स्थानमा नर बहादुर गुरुङ, तेस्रो स्थानमा राज वोटे र सान्त्वना स्थानमा अजय गुरुङ भएको थियो। महिला तर्फ भने दोस्रो स्थानमा परिमाया आले , तेस्रो स्थानमा सरिशमा लोप्चन र सान्त्वना स्थानमा विना गुरुङ भएका थिए ।

उक्त खेलको सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले वार्षिकोत्सव समारोहमाको क्रममा युवा वर्गलाई समेटेर खेलको आयोजना गरिएकोमा धन्यवाद व्यक्त गर्दै यसले राम्रो सन्देश जाने बताउदै आयोजक संस्था तथा समन्वय संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो सो कार्यक्रम गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पूर्ण बहादुर कुँवर, वडा नम्बर ५ सदस्य याम बहादुर मगर, देवघाट गाउँपालिकाका कार्यक्रम शाखा अधिकृत कृष्ण राज पन्त, देवघाट खेलकुद समितिका अध्यक्ष अमर फेवली , उपाध्यक्ष अनिल मिश्र लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम रेडियो देवघाटका अध्यक्ष बिजय राज शर्माको अध्यक्षतामा सम्पन्न भएको भने रेडियोका महासचिव निरन्जन हाडाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।



