प्रतिमा खत्री,
सिताराम संस्कृति माध्यमिक विद्यालयद्वारा आयोजित मकरस्नान महोत्सव २०८०को अन्तिम तयारीमा आज मोटरसाइकल र्यालि निकालीएको थियो । सीताराम संस्कृत माविको सर्वाङ्गिण विकासकोलागि पुस २७ गते शुक्रबारदेखी माघ २ गतेसम्म त्रिशुली कालिगण्डकी वेणीसंगम देवघाटधाममा श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव हुने भएको छ ।
कार्यक्रमको उद्घाटन मकर स्नान महोत्सव २०८०का मुल संयोजक हरि प्रसाद आचार्यले ट्राफिक नियमको पालामा गर्दै अनुशासित ढङ्गबाट र्यालीको सोभा बढाउन आग्रह गर्दै मुल समिती भु.पु विद्यार्थी तथा उपस्थिति सम्पुर्ण शुभचिन्तकहरुमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सो विद्यालयमा अध्यनरत पूर्वविद्यार्थीहरूको अग्रसरतामा निकालिएको मोटरसाइकल र्याली महायज्ञ स्थल देखि ठिमुरा - रामनगर - आपटारी - पारसबसपार्क - पुल्चोक - पोखरा बसपार्क - आपटारी हुँदै पुन: महायज्ञस्थलमा आएर समापन भएको थियो ।



