प्रतिमा खत्री तनहुँ,
श्री सीताराम संस्कृत माध्यमिक विद्यालयद्वारा आयोजित मकरस्नान महोत्सव आज बाट सुरु भएको छ आज पहिलो दिन तनहुँको देवघाटधाम वेणी संगम बाट कलश यात्रा निकाल्दै कार्यक्रम स्थाल सम्म पुगेका थिए ।
उक्त महोत्सवलाई सम्बोधन गर्दै पूर्व संघीय स्वास्थ्य मन्त्रि एवं कार्यक्रमका प्रमुख अतिथि उमेश श्रेष्ठले पवित्र देवघाटधाममा रहेको मठ मन्दिरलाई हेर्न धेरै देश तथा विदेश बाट पर्यटकहरु आउने बताउदै धर्म संकृति र परम्परा रितिरिवाजलाई जगेर्ना गर्नु पर्ने पुर्व मन्त्री श्रेष्ठले बताउनुभयो। साथै धर्म संस्कृति संरक्षण गर्न सवैलाई अनुरोध समेत गर्नुभएको थियो।
मकरस्नान महोत्सवको आफ्नो भनाइ राख्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मकरस्नान महोत्सवले सामाजिक एकता र भावलाई जोड्ने र सम्पूर्णमा धार्मिक सदभाव कायम गर्ने बताउदै सिताराम बिद्यालयको प्रगतिको कामना गर्नु भएको थियो।
सो कार्यक्रम अनन्त श्रीविभुषित सरस्वति महाराज ,अनन्त श्रीविभुषित रमाणानन्द गिरीजि महाराज , समजासेवी टंकनाथ पैडेल , बिभिन्न संघ संस्था, महिला समुह , गुरुकुलका छात्र, छात्रा , धार्मिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।



