प्रतिमा खत्री तनहुँ
पुस २७ शुक्रबार
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रहेको गलेश्वर आश्रमद्वारा सञ्चालित वेद वेदाङ्ग विद्यापिठको ५७ औँ वार्षिकोत्सव समारोह एक कार्यक्रम बीच आज सम्पन्न भएको छ । उक्त समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि श्री १००८ स्वामी दामोदरानन्द सरस्वती महाराजले वटुकहरु पढाइमा मात्र नभई अन्य विविध खेलहरुमा पनि अवल देख्दा खुसि ब्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गलेश्वर बाबाले गर्नु भएको योगदानलाई सम्झदै देवघाटधाम मात्रै नभई समग्रमा देवघाट गाउँपालिकाको धार्मिक पर्यटन बिकासकालाई सवै संग समन्वय गरी दिगो रुपमा बिकास गर्ने बताउनुभयो।
साथै ईश्वरानन्द ब्रहमचारी (गलेश्वर बाबा) द्वारा वि स २०२३ सालमा स्थापित श्री वेदवेदाङ्ग विद्यालयको ५७ औ वार्षिकोत्सब कार्यक्रम विद्यापिठको सभाहलमा सम्पन्न भएको उक्त वार्षिकोत्सव समारोहमा विद्यापिठका वटुकहरु एवं शिक्षकगुरुहरुलाई विभिन्न विधाका पुरस्कृत गरिएको थियो ।
सो कार्यक्रममा श्री १००८ स्वामी दामोदरानन्द स्वामीजी महाराज अन्य सन्त नहात्मा आचार्य महाराज, विभिन्न संस्कृत गुरुकुल लगायत सामुदायिक विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो



