देवघाट गाउँपालिका वडा नम्बर-५ गोहीटार स्थित रहेको आर.थ्रि.ए.पोल्ट्री फर्ममा आगलागी भएको छ । विगत २ वर्ष देखि हिरा कुमारी राना क्षेत्रीले व्यवसायिक रुपमा पाल्दै आएको कुखुराको खोरमा आइतबार चल्लालाई हिटर लगाएर तापक्रम दिने क्रममा ईलेक्ट्रीक सट भई आगलागी भएको हो ।

सो आगलागी हुदाँ कुखुराको खोरको माथिल्लो भाग पुर्ण रुपमा जलेर नष्ट भएको छ । भने हालै राखिएको करिब आठ सय तिस चल्ला मध्ये आधा जलेर नष्ट भएको र बाँकी चल्ला पनि नबच्ने अवस्था रहेको हिरा कुमारी राना क्षेत्रले बताए ।

साथै उनले आगलागीबाट भुष,दाना र पराल लगाएत सबै नष्ट भएको समेत जानकारी दिनुभएको थियोे । आज दिउँसो लगभग १ बजेतिर भएको उक्त आगलागी इलाका प्रहरी कार्यलय देवघाट,देवघाट गाउँपालिकाको नगर प्रहरी,स्थानियहरूहरूको सहयोगमा आगो नियन्त्रण गरिएको स्थानीय बद्री प्रसाद मिश्रले जानकारी दिनुभयो ।

साथै भरतपुर चितवनबाट दमकल बोलाइ आगो पुर्ण रुपमा नियन्त्रण गरिएको इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँले जानकारी दिनुभयो ।



