सीताराम संस्कृत माध्यमिक विद्यालयले महायज्ञबाट गरे ४७ लाख बढी रकम सङ्कलन

images
  • 359
    SHARES
  • माघ ५, २०८० शुक्रबार
    सीताराम संस्कृत माध्यमिक विद्यालयले महायज्ञबाट गरे ४७ लाख बढी रकम सङ्कलन
    images

    देवघाट माघ ५ गते

    भरतपुर १ चितवन देवघाटधाममा रहेको श्री सीताराम संस्कृत माध्यमिक विद्यालय वि.स.२०३५ सालमा डिल्लीराम बाबा ब्रह्माचारीद्वारा स्थापना गरिएको एक  संस्कृत विद्यालय हो ।

    419840625_359502613383026_184466827177914690_n.jpg

    सोही विद्यालयको संस्कृत शिक्षा तथा समग्र पक्षको स्तरोन्नति गर्न र अक्षयकोष स्थापनार्थ उद्देश्यले गत पौष २७ गतेदेखि माघ २ गतेसम्म आयोजना गरिएको महायज्ञबाट नगद र बोलकबुल गरि लगभग ४७ लाख भन्दा बढी रकम जम्मा हुने विद्यालयका पुर्व प्रधानाध्यापक एवं महायज्ञ मूल संयोजक हरि प्रसाद आचार्यले जानकारी दिनुभयो । आचार्यले अझै अन्य बिल भरपाई आउन बाँकी छ ती सबै गरेर लगभग ४७ लाख रकम संकलन हुने अनुमान गरिएको बताउनुभयो । महायज्ञ सञ्चालनार्थ धेरै चुनौतिको बाबजुद पनि पुर्व विद्यार्थीहरू,गुरुकुलहरु, गुरुहरु,अभिभावक शिक्षक विद्यालयका विद्यार्थी, स्थानिय स्वयम् सेवक, मठ मन्दिर  स्थानिय संचार माध्यमहरु,विभिन्न संघसंस्थाहरु सबैको पहलमा यो महान कार्य गर्न संयोजकको भूमिकामा सफल भएको अनुभव गरेको आचार्य बताउनुभयो ।

    420112702_359503116716309_40819251239043169_n.jpg

    आचार्यले यो महान कार्यमा जतिपनि विद्यार्थीहरुले अमुल्य सहयोग पुर्‍याएको छ सबैलाई आशीर्वाद सधै रहने छ र छुटेका पुर्व विद्यार्थीले पनि बिद्यालयको संबेदनशीलतालाई बुझेर सहयोगमा जुट्ने समेत अपेक्षा राखेको बताउनुभयो । महायज्ञमा उठेको रकम महायज्ञको खर्च कटाएर प्राप्त सबै रकम अक्षयकोषमा राखी ब्याज मात्र बिद्यालयको शिक्षक दरबन्दी,भौतिक व्यबस्थापन र संस्कृत शिक्षाको सम्बर्द्धनमा प्रयोग गर्ने प्रतिबद्धता जाएर गर्नु भएको छ । सीताराम स्कुल अहिले चितवन जिल्लाको एक मात्र संस्कृत विषयमा पठनपाठन हुने सामुदायिक विद्यालयमा पर्दछ । जहाँ अहिले कक्षा ६ देखि १२ कक्षासम्म संस्कृत विषयमा पढाइ हुने गर्दछ ।

    420113302_359501596716461_6117714577426576324_n.jpg

    सो विद्यालयले स्थापना कालदेखि नै आवासीय छात्रावास समेत सञ्चालन गर्दै टाढाटाढाका विद्यार्थीहरूलाई सेवा समेत दिईदै आएको छ भने केही वर्ष यता सो छात्रावासबाट दिइने सेवा बन्द रहेको छ । उक्त महायज्ञमा विश्वविख्यात कथावाचक श्रद्धेय श्री ईश्वरकृष्ण महाराजको प्रमुख वाचकत्वमा पाचौ दिन "श्रीमद्भागवत अखण्डपाठपारायण,कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ"का साथै  विविध कार्यक्रम गरेर  महायज्ञ सु-सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक पोदराज पौडेलले बताउनुभयो ।

    419907067_358994920100462_3093659902674304070_n.jpg

    साथै हरिहर आश्रम,गलेश्वर आश्रम,महेश आश्रमको संरक्षकत्व पण्डित कुबेर सुबेदीको यज्ञ संचालन अबधिमा पुर्‍याएको अतुलनीय योगदान प्रति महायज्ञ मूल समितिले हार्दिक कृतज्ञता प्रकट गर्नुभयो । महायज्ञका मुख्य कार्यक्रमहरू पौष २७ गते कलश यात्रा,समुद्घाटन,श्रीमद्भागवत अखण्डपाठपारायण आरम्भ भएको थियोे । पौष २८ गते पाठपारायण कथाप्रवचन, दातासम्मान, पौष २९ गते पाठपारायण, तिलार्पण, कथाप्रवचन,त्यस्तै गरि माघ १ गते सामुहिक ब्रतबन्ध, कथाप्रवचन, दातासम्मान, माघ २ गते कथाप्रवचन, दातासम्मान,पूर्णाहुति हुदैँ महायज्ञ सव्यभव्यताका साथ समापन भएको थियोे । साथै सबै कुरा महायज्ञका मुल समितिका संयोजक,सदस्यहरु सबैलाई बोलाई हिसाब किताब सार्वजनिक गरिने महायज्ञ सचिवालय जनाएको छ ।

    420129136_359503000049654_4349026188342503182_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend