देवघाट माघ ५ गते प्रतिमा खत्री
सामुदायिक रेडियो देवघाटको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख आतिथ्यमा देवघाट हाट बजारमा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष थापाले देवघाटको धार्मिक पर्यटन प्रवद्र्धन गर्नु हाम्रो दायित्व हो भन्दै देवघाटको धार्मिक संरक्षणमा स्थानियहरुको भुमिका भन्ने बिषयमा ध्यानआकर्षण गराउदै वक्तित्वकला शिर्षक राखिदिनु भएकोमा देवघाट रेडियोलाई धन्यवाद व्यक्त गर्नु भएको थियोे । साथै प्रतियोगितामा प्रतिस्पर्धी छात्र छात्राले सान्दर्भिक भनाई राखिएकोमा खुसी व्यक्त गर्नुभएको थियोे ।

वार्षिकोत्सवको अवसरमा रेडियोले पुस २५ गते म्याराथन दौड गरि सुरुवात गर्नुका साथै विभिन्न कार्यक्रमहरू गरेर आज वाषिर्कोत्सवको दिन विभिन्न विद्यालयका छात्राछात्र लाई समावेश गराई देवघाटको धार्मिक संरक्षणमा स्थानियहरुको भुमिका भन्ने शिर्षकमा वक्तित्वकला प्रतियोगिता गरिएको सामुदायिक रेडियो देवघाटका बजार प्रमुख गोपाल न्यौपाने बताउनुभयो । सो प्रतियोगितामा विभिन्न विद्यालयका ८ जना छात्राछात्र सहभागी रहेको थियो भने प्रतियोगिताको प्रथम उपाधी वेदवेदाङ्ग संस्कृत गुरुकुलको अभिषेक दाहालले जितेका थिए भने द्वितीय उपाधी महेश संन्यास आश्रमका आन्दन गौतम, तेस्रो रामजानकी बालिका आश्रमकी निलम लोक्ल्याणी र सान्तवना कालिका माध्यामिक बिद्यालयकी आकृति लामिछाने उपाधी जितेका छन् ।

साथै कार्यक्रममा म्याराथन दौडमा उपाधि जित्ने खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियोे । उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवर, वडा सदस्य बुद्धि बहादुर पाण्डे, कमला गुरुङ, याम बहादुर मगर, देवघाट गाउँपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुभद्रा भट्टराई , पर्यटन शाखा प्रमुख होम वहादुर भारती , सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्ट, इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्ण बहादुर बानियाँ, देवघाट महिला सञ्जालका उपाध्यक्ष माया शर्मा , लियो क्लव अफ देवघाट चौतारीका अध्यक्ष एवं देवघाटधाम जेसीजका उपाध्यक्ष रक्षा कार्की लगाएको उपस्थिति रहेको थियो । देवघाट रेडियोका अध्यक्ष विजय राज शर्माको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रम देवघाट रेडियोका निरञ्जन हाडाले सञ्चालन गर्नु भएको थियो ।



