देवघाट क्षेत्र विकास समितिले गरे माघे मेलाको समिक्षा बैठक

images
  • 599
    SHARES
  • माघ ७, २०८० आइतबार
    देवघाट क्षेत्र विकास समितिले गरे माघे मेलाको समिक्षा बैठक
    images

     देवघाट माघ ७ गते

    देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेलाको  समिक्षा बैठक आइतबार सम्पन्न गरिएको छ ।

    420507018_362309243102363_5957974827355357633_n.jpg

    आज देवघाट क्षेत्र विकास समितिको कार्यालयमा भएको सो समिक्षा बैठकमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर रानाले हाल सम्म देवघाटमा जतिपनि माघे संक्रान्ति मेला भए त्यो मध्ये यसपालिको मेला अति शान्त र सम्बेदनशिल तरिकाले भएको बताए । रानाले देवघाट क्षेत्र विकास समिति देवघाटमा जतिपनि मेलाहरू लाग्ने गर्छ त्यसलाई समन्वयको भूमिका मात्रै निर्वाह गरेको समेत जानकारी गराउदैँ देवघाटमा जतिपनि मेलाहरू लाग्छ त्यसको जिम्मेवारी देवघाटवासी सबैले लिनुपर्ने बताए ।

    420521403_362308636435757_3224103560407226201_n.jpg

    आजभन्दा अगाडि माघे संक्रान्ति मेलामा देवघाटमा विभिन्न घटनाहरू घटिरहेको हुन्थ्यो तर यसपालि भने मेलामा कुनै घटना विना मेला सम्पन्न हुनु माघे संक्रान्ति मेला सु-सम्पन्न गर्न सफल भएको हो अध्यक्ष राना भने । मेला व्यवस्थापनको विषयलाई लिएर अनेक बाधा अर्चना आउनु स्वभाविक हो त्यसलाई मध्येनजर गर्दै आगमि दिनहरूमा अझै मेलालाई व्यवस्थित तरिकाले कसरी गर्न सकिन्छ भन्ने विषयमा ध्यान पुगेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल बताए ।

    420507025_362311213102166_6875589465631398230_n.jpg

    साथै माघे संक्रान्ति मेलालाई सु-व्यवस्थित तरिकाले मेला सम्पन्न गरेको बताउदैँ मेला व्यवस्थापनका सबै समिति उप-समिति लगाएत देवघाटका सम्पूर्ण संघसंस्थाहरूलाई धन्यवाद व्यक्त गरेका थिए । साथै आगमि दिनहरूमा देवघाटका मेला पर्वहरूलाई सु-सम्पन्न गर्न देवघाट क्षेत्र विकास समितिले अझै राम्रो तरिका अपनाउँदै देवघाटका सबै संघसंस्थाहरूलाई समेटिएर अगाडि बड्ने प्रतिवद्वता व्यक्त गरेका थिए । सो समिक्षा बैठकमा मेला व्यवस्थापनका विभिन्न मुल समिति र उप-समितिहरूले समग्रमा मेला कस्तो रहेको थियोे, कस्ताकस्ता चुनौतीहरू आइ परे र आगमि दिनहरूमा मेलालाई व्यवस्थित गर्न र सुधार गर्नुपर्ने कुराहरू केके रहेछ भन्ने विषयमा छलफल गरिएको थियोे ।

    421298704_362309979768956_2538071283543234389_n.jpg

    उक्त बैठकमा तिनवटै क्षेत्रका व्यक्तिहरूको सहभागीता रहेको थियोे भने माघे मेलालाई सव्यभव्य रूपमा सफल पार्न सहयोग पुर्‍याइएको भन्दै मेला व्यवस्थापनका संयोजकहरूलाई सम्मान समेत गरिएको थियोे । भने बैठकमा उपस्थिति नभएका संयोजकहरूलाई सम्मान पत्र मार्फत सम्मान गर्न स्वयमसेवक परिचालन समिति संयोजक होम भारतीलाई जिम्मा दिइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend