देवघाटमा स्थानीय तहको पशुमा पूर्ण खोप अभिमुखीकरण कार्यक्रम सम्पन्न

images
  • 293
    SHARES
  • माघ २४, २०८० बुधबार
    देवघाटमा स्थानीय तहको पशुमा पूर्ण खोप अभिमुखीकरण कार्यक्रम सम्पन्न
    images

     देवघाट माघ २४

    देवघाट गाउँपालिकामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजनामा स्थानीय तहको पशुमा पूर्ण खोप अभिमुखीकरण कार्यक्रम बुधबार पालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूको सहभागीमा सम्पन्न भएको छ । केन्द्रको आ.व. ०८०/८१ को वार्षिक कार्यक्रम अनुसार सो एकदिने तालिम आयोजना गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका कार्यालय प्रमुख डा.राजेश कुमार चौधरीले बताउनु भयो ।

    अहिले पशुमा खोप लगाउन अनिवार्य रहेको हुदाँ हाल तनहुँको सम्पूर्ण पालिका र नगरपालिकाहरूमा पुर्ण खोप अभिमुखीकरण कार्यक्रम गर्दै आएको चौधरीले बताउनु भयो । सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूले पुर्ण खोप अभिमुखीकरण तालिम लिएको हुदाँ यस तालिमले पालिकालाई नै सचेत बनाएको बताए ।

    साथै अवका दिनहरूमा देवघाट गाउँपालिका बजेट विनियोजन गर्न अझै अन्योल रहेको कारणले पालिकामा जनमुखीकरण कार्यक्रम ल्याउन नसकेको बताउदैँ आगमि दिनहरूमा पशु क्षेत्रमा राम्रो राम्रो कार्यक्रमहरू ल्याउने बताउनु भयो । उक्त तालिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका कार्यालय प्रमुख डा.राजेश कुमार चौधरी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु चिकित्सक डा.रोशन ज्ञवालीले प्रशिक्षण दिनु भएको थियोे ।

    साथै कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,प्रशासन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल,पाँचै वडाका वडाध्यक्ष कार्यपालिका सदस्यहरू वडा सदस्यहरू देवघाट गाउँपालिका पशु शाखा प्रमुख दिपक सिं धामी, देवघाट गाउँपालिकाका पशु चिकित्सक डा.सम्राट अधिकारी,देवघाट-४ वडाको नायव पशु स्वास्थ्य प्राविधिक अजय गुरूङ,वडा-२ नायव पशु प्राविधिक करन जप्रेल,नायब पशु सेवा प्राविधिक-१ वडा अनिल बहादुर थापा,देवघाट वडा नम्बर-३ पशु सेवा प्राविधिक हिमाल गुरूङ लगाएतले तालिम लिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend