देवघाट-२ दुवारगौंडामा आगलागीबाट एक घर जलेर नष्ट: परिवार विचल्ली

images
  • 417
    SHARES
  • माघ २४, २०८० बुधबार
    देवघाट-२ दुवारगौंडामा आगलागीबाट एक घर जलेर नष्ट: परिवार विचल्ली
    images


    सोमवार दिउँसो अन्दाजी १:३० बजे स्थानीय गौमाया थापाको खरले छाएको दुइताले घरमा आगलागी हुँदा करिब रु.२५ लाख रुपैयाँ बरोबरको धनमाल जलेर नष्ट भएको हो। घरमा भएको अन्नपात, लुगाफाटो, गरगहना, भाँडाकुँडा सबै जलेर नष्ट हुँदा गौमायाथापाको परिवार विचल्लीमा परेको घण्टाचुली टोल विकास संस्थाका अध्यक्ष हिरा बहादुर थापाको भनाइ छ ।

    ८ जनाको परिवार रहेको गौमाया थापा परिवार हाल छिमेकीको शरणमा छन । छिमेकीले दिएको केही दल-चमाल,  नुन-तेल  साग-सब्जी बाहेक  हाल सम्म कहिं कतै बाट राहत नपाएको पीडितको गुनासो छ । ओढ्ने ओछ्याउने र  खाने अन्नपात केइ नहुँदा थापा परिवार ठुलै भोकमरी परेको सोही गाउँका युवा नरेश थापाको भनाइ छ ।

    माघ महिनाको काठ्याङ्ग्रीदो जाडोमा ९५ वर्षीय वायोवृद्ध आमा दिलमाया र ६४ वर्षीय अपाङगता भएको श्रीमानको झनै बिजोग भएको पीडित गौमायाको गुनासो छ । कक्षा ९ मा पढ्ने हुमीसरा थापा सोही कक्षामा पढ्ने युवराज थापा र बहिनी शुसिला थापाको पढाईमा पनि बाधा पुगेको परिवारको भनाइ छ। पढ्न लेख्न कपि कलम नहुँदा पढाइ बिग्रेको आमाको गुनासो छ ।

    थापाको परिवारलाई राहत उपलब्ध गराउन विभिन्न संघ संस्था र स्थानीय निकायसंग सहयोगको याचना गरेको टोल विकास संस्थाका अध्यक्ष  हिरा बहादुर थापाले बताए ।

    बुधबार देवघाट इलाका प्रहरी कार्यालय तनहुँबाट खटी गएको प्रहरी टोलीले स्थलगत निरीक्षण र मुचुल्का तयार  क्षेतिको विवरण बाहिर ल्याएको छ। आगलागी जस्तो प्राकृतिक प्रकोप संग सबै सजग होशियारी रहन आवश्यक छ।।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend