सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय वन महासंघ देवघाटको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
  • 315
    SHARES
  • माघ २७, २०८० शनिबार
    सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय वन महासंघ देवघाटको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न
    images

     देवघाट माघ २७

    सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय वन महासंघ देवघाटको आयोजनामा शनिबार गाउँपालिकाको सिटी हलमा गाउँपालिका स्तरीय १ दिने बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    426176271_373897975276823_6121682633343218554_n.jpg

    सामुदायिक वनहरूमा उत्पन्न भएका समस्या समाधान गर्न र बेतिथिहरूलाई हटाउन के कस्तो प्रयासहरू गर्नुपर्छ भन्ने विषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सचिव केशव चन्द्र न्यौपानेले बताउनु भयो । न्यौपाने हाल सामुदायिक वनमा समितिका पदाधिकारीहरूले वनको निति नियमहरू अध्ययन नगर्नाले धेरै समस्याहरू समेत उत्पन्न भैरहेको बताउदैँ सामुदायिक वनहरूलाई वन ऐन अनुसार कार्यहरू गर्न समेत अनुरोध गर्नु भएको थियोे । साथै सामुदायिक वनमा जतिपनि समस्याहरू उत्पन्न हुन्छन त्यसलाई समाधान गर्दै अगाडि लैजाने प्रतिवद्वता गर्नुभएको थियोे ।

    426195285_373896011943686_5944170913901985797_n.jpg

    सोही कार्यक्रमका प्रमुख अतिथि देवघाट पालिकाका अध्यक्ष तिल बहादुर थापाले सामुदायिक वन र स्थानीय सरकार विच निकट सम्बन्ध हुनु पर्ने तर देवघाटमा त्यो हुन सकेको छैन कतिपय सामुदायिक वनले मन लाग्दि गर्नाले र नीति नियम थाहा नहुदाँ अहिले सामुदायिक वनले समस्या झेल्नु परेको बताउनु भयो । सामुदायिक वनमा जतिबेला समस्या आउँछ त्यतिबेला मात्रै स्थानीय सरकारलाई गुहार्ने प्रविधि रहेको हुदाँ आगमि दिनमा सामुदायिक वनले स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ भने । साथै अध्यक्ष थापाले सामुदायिक वनलाई निति नियम अनुसार कार्य गर्दै अगाडि बढ्न अनुरोध गर्नुभयो ।

    426531925_373908605275760_7544896963720101672_n.jpg

    सोही कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले सामुदायिक वनको पदाधिकारीहरूले सिक्ने मनासय नराख्नाले अहिले वनमा समस्या आइपरेको बताउनु भयो । यतिबेला देवघाटका कतिपय सामुदायिक वनले विगतै देखिको समस्याका कारण वा तत्कालै भएको समस्याका कारणले विभिन्न समस्या झेलिरहेको छन् समस्या नआउनु पर्ने समस्या आइसक्यो अब त्यसलाई समाधान गर्नुपर्छ भन्दै सबै सामुदायिक वन एकजुट भएर अगाडि बढ्न अनुरोध गर्नुभयो ।

    426323765_373897651943522_3242677547040267665_n.jpg

    त्यस्तै गरि उक्त कार्यक्रममा सामुदायिक वन महासंघ केन्द्रीय सदस्य हरी बास्तोला,सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश नेपालका अध्यक्ष कालिदास सुवेदी देवघाट-५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवर,स्थानीय वन महासंघका जिल्ला सदस्य भोजराज नैनावस्ती लगाएतले मन्तव्य राख्नु भएको थियोे भने देवघाट गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनिराज गुरूङ,वडा नम्बर २ अध्यक्ष मीन बहादुर राना,वडा नम्बर ३ अध्यक्ष टेक बहादुर आले,वडा नम्बर ४ अध्यक्ष मित्रलाल गुरूङ र ,कार्यपालिका सदस्यहरू,वडा सदस्य लगाएत देवघाट गाउँपालिका भरिका ३९ वटै सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरूको बृहत् सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियोे । सीता सामुदायिक वनका सचिव एलिजा क्षेत्रीले सञ्चालन गर्नु भएको सो कार्यक्रम स्थानीय वन महासंघ देवघाटका अध्यक्ष प्रविण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend