बृहत सहभागितामा देवघाटधाम गन्डकी परिक्रमा महोत्सव सम्पन्न

images
  • 288
    SHARES
  • मंसिर १, २०७८ बुधबार
    बृहत सहभागितामा देवघाटधाम गन्डकी परिक्रमा महोत्सव सम्पन्न
    images

    देवघाट तनहुँ:, १ मंसिर २०७८ देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतीको प्रचार प्रसार गर्ने उद्देश्यले बुधबार देवघाटधाम गन्डकी परिक्रमा महोत्सव सम्पन्न भएको छ ।

    1`.jpg

    संसारकै दुर्लभ धार्मिक तिर्थ देवघाटको धार्मिक महत्वको सम्बद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत सन्त महात्माहरुको अगुवाईमा देवघाटधाम गन्डकी परिक्रमा महोत्सव आयोजना गरिएको हो । उक्त कार्यक्रम अन्तर्गत बुधबार विहान तनहूँ तर्फ देवघाटको बेणीसंगममा स्नान गरेर परिक्रमा सुरु गरिएको थियो ।

    2.jpg

    त्यसपछि गलेश्वर आश्रम (सिद्धेश्वर महादेवको मन्दिर) परिसरमा चियापान, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर महादेव मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रिनाथ मन्दिर), देवपुर (सांढेबगर बौद्धगुम्बा) भुबराह मन्दिर (मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम) को परिक्रमा गरिएको थियो । त्यस्तै चितवन तर्फ देवघाट बस र्पाक (संकल्पेश्वर महादेव मन्दिर, देछेन थर्वालिङ बौद्ध गुम्बा), विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मिनारयण मन्दिर, राधाकृष्ण मन्दिर, सिताराम संस्कृृत मावि, योगी नरहरीनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आपँटारी (दियालो बंगला चोक), पोखरा बसपार्क (गौरेश्वर शिव मन्दिर),नारयणगढ (हरिहर मन्दिर), नारयणगढ पुलचोक (दुर्गा मन्दिर) को परिक्रमा गरिएको थियो ।

    3.jpg

    त्यस्तै नवलपुर तर्फ गैंडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, शुकदेव भागवत आश्रम, रमानुज वेद आश्रम, राधाकृष्ण मन्दिर, दिब्यधाम मन्दिरको परिक्रम गरि पुनः देवघाटको चक्रवर्ती आश्रममा आई समापन गरिएको थियो ।

    4.jpg

    उक्त कार्यक्रम अन्तर्गत देवघाटधामको पुर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलकाली भगतवीको दर्शन, धार्मिक पर्यटनको प्रबद्र्धन, दुर्लभ देवनदीहरुको पुजन, धार्मिक नगरी नारयणगढको अवलोकन, रमणीय पर्वतको परिक्रमा तथा बैदिक सनातन धर्म र संस्कृतीको प्रचार प्रसार गरिएको थियो । सो कार्यक्रममा देवघाट क्षेत्रका ४५ वटा संघ संस्थाका करिब ४५ सय भक्तजनको सहभागिता रहेको थियो भने चितवन र नवलपुर परिक्रममा ११ सय भन्दा बढिको सहभागिता रहेको संक्षिप्त समापन कार्यक्रममा यात्रा अनुगमन समितिका संयोजक देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले ।

    6.jpg

    सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रि अधिकारी, कार्यकारी निर्देशक धिरणवावु घिमिरे तथा समितिका सदस्यहरु, आश्रमका पिठाधिसहरु तथा विभिन्न मठ मन्दिर र धर्मशालाका गुरुहरुको सहभागिता रहेको थियो । परिक्रमा कार्यक्रम पश्चात आयोजित समापन कार्यक्रममा गलेश्वर आश्रम र महेश सन्यास आश्रमका पिठाधिसहरुले सम्बोधन गर्दै देवघाट क्षेत्रको धार्मिक एवं पर्यटकीय विकासकोलागि कार्यक्रम फलदायी हुने बताए ।

    7.jpg

     

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend