देवघाटको कालिका माध्यमिक विद्यालय र बालकुमारी कलेज बीच भगिनी सम्बन्ध स्थापित

images
  • 427
    SHARES
  • फाल्गुण १, २०८० मंगलबार
    देवघाटको कालिका माध्यमिक विद्यालय र बालकुमारी कलेज बीच भगिनी सम्बन्ध स्थापित
    images

    देवघाट फाल्गुन १

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर- ५ क्युदी स्थित  रहेको कालिका माध्यमिक विद्यालय र नारायणगढ चितवनमा रहेको बालकुमारी कलेज बीच भगिनी सम्बन्ध स्थापित भएको छ ।

    kalika-mavi-decghat.jpg1_.jpg

    बालकुमारी कलेजका तर्फबाट क्याम्प सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठ क्याम्पस प्रमुख जगदीश्वर खनाल, सहायक क्याम्पस  प्रमुख अनन्त ढुङ्गाना तथा  कालिका माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सुरेन्द्र प्रसाद श्रेष्ठ, प्रधानाध्यापक इन्द्रदेव तिवारी र सहायक प्रधानाध्यापक युवराज साँखी लगायतको संयुक्त उपस्थितिमा उक्त सम्झौता भएको हो ।

    बालकुमारी कलेज र कालिका माध्यमिक विद्यालय बीच सांस्कृतिक, शैक्षिक,भौतिक र आर्थिक सहयोग र समन्वय हुने गरी भगिनी सम्बन्ध स्थापना गरिएको हो । कालिका माध्यमिक विद्यालय र बालकुमारी कलेज बीच पुरानो समयदेखि विद्यार्थी आदानप्रदानको सम्बन्ध भएता पनि त्यही सम्बन्धलाई औपचारिक रुप दिनको लागि भगिनी सम्बन्ध कायम गरिएको जानकारी कालिका माध्यमिक विद्यालयका फाइनन्स कन्ट्रोलर प्रशन्न ढकालले  जानकारी दिनुभयो दिनुभयो । भगिनी सम्बन्ध कायम भएसँगै कालिका माध्यमिक विद्यालयमा आएर बालकुमारी कलेजले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने छन् ।

    हाललाई भगिनी  सम्बन्धको सम्झौता पाँच वर्षलाई भएको  र प्रत्येक वर्ष परिमार्जन गरिनुपर्ने कुराहरू भएमा त्यसलाई परिमार्जन गर्दै लैजाने गरी सहमति भएको जानकारी कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डाक्टर सुरेन्द्र प्रसाद श्रेष्ठले दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend