देवघाट फाल्गुन १
चितवन भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भोलि (बुधबार)पवित्र तिर्थस्थल देवघाटधाम आउने भएको छ ।
शाह स्नान र पुजाआजा गर्नका लागि दिउँसो ३:०० बजे देवघाटधाम आउने कार्यक्रम तय भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले जानकारी दिनुभयो ।
आइतबार पूर्वराज परिवार बुद्ध एयर मार्फत भरतपुर आइपुग्दा विमानस्थल बाहिर थुप्रै संख्यामा शुभेच्छुकहरुले स्वागत गरेका थिए । उनीहरुले राजा आउँ देश बचाउँ सम्मका नारा लगाएका थिए ।
पूर्वराजा दुई साता चितवनमा रहनुहुनेछ ।



