पुर्वराजा ज्ञानेन्द्र शाहद्वारा पवित्र तिर्थस्थल देवघाटधामको वेणी संगममा स्नान

images
  • 425
    SHARES
  • फाल्गुण २, २०८० बुधबार
    पुर्वराजा ज्ञानेन्द्र शाहद्वारा पवित्र तिर्थस्थल देवघाटधामको वेणी संगममा स्नान
    images

    देवघाट फाल्गुन २

    विश्वमै पवित्र तिर्थस्थलको रूपमा परिचित तनहुँको देवघाटधाममा बुधबार आज पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले स्नान गरिएको छ ।

    426353692_376256928374261_5346674559706454218_n.jpg

    चितवन भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले आज ३:३० बजे पवित्र तिर्थस्थल देवघाटधामको वेणी संगममा स्नान गरिएको हो । शाहलाई राप्रपा देवघाट लगाएत थुप्रै संख्यामा शुभेच्छुकहरुले वेणी संगममा फुलको गुच्छाले स्वागत गर्नु भएको थियोे भने देवघाटधामको तनहुँ र चितवन तर्फ ठुलो संख्यामा स्वागत गरेका थिए ।

    427630124_376261025040518_6445283672468199387_n.jpg

    उनीहरुले "हाम्रो राजा,हाम्रो देश, प्राण भन्दा प्यारो छ" भन्दै नारा समेत लगाएका थिए । शाह सँगै स्नान गर्न देवघाटधाममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा चितवन क्षेत्र नम्वर ३ का सांसद विक्रम पाण्डे,राष्ट्रिय प्रजातन्त्र पार्टीकी सह-महामन्त्री रिना गुरूङ लगाएतको उपस्थिति रहेको थियोे ।

    426448501_376266668373287_3241621040163726265_n.jpg

    पूर्वराजा परिवार गत आइतबार बुद्ध एयर मार्फत भरतपुर आइपुग्दा विमानस्थल बाहिर थुप्रै संख्यामा शुभेच्छुकहरुले स्वागत गरेका थिए ।

    426374142_376263401706947_8372048222592711992_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend