देवघाट फाल्गुन ३ प्रतिमा खत्री
भरतपुर १ चितवन देवघाटधाम स्थित रहेको सीताराम संस्कृत माध्यमिक विद्यालयले आयोजना गरिएको मकर स्नान महोत्सव-२०८० को समिक्षा बैठक आज सम्पन्न भएको छ ।

विद्यालयको अक्षयकोष स्थापना एवं विद्यार्थीको सर्वाङ्गिण विकासका लागि आयोजना गरिएको सो महोत्सवको आयव्यय आज समिक्ष बैठकमा विद्यालयका पूर्व विद्यार्थी एवं मकर स्नान महोत्सवका आर्थिक संयोजक रोशन श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो। महोत्सवमा कूल आम्दानी रु.५१ लाख,४ हजार आठ सय सन्तानब्बे रूपैयाँ पच्पन्न पैसा भएको छ,जम्मा खर्च रु.१२ लाख १६ हजार २ सय बत्तीस रूपैयाँ,जम्मा बचत रु.३८ लाख,८८ हजार,६ सय,६५ रूपैयाँ ५५ पैसा भएको छ ।

सो समिक्षा बैठकमा आफ्नो मन्त्वय राख्दै मकर स्नान महोत्सवका मुल संयोजक हरि प्रसाद आचार्यले महोत्सवले धेरै कुरा सिकाएयो र धेरै कुराहरू सुधार गर्नुपर्ने महसुस गराएको बताउनु भयो ।साथै महोत्सवमा बिभिन्न पक्षहरूबाट सहयोग पुर्याएका सम्पूर्णप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता प्रकट गर्नुभएको थियो ।




