देवघाट फाल्गुन ६
देवघाट गाउँपालिका वडा नम्बर-२ मा पाँच दिने मौरीपालन तालिम सम्पन्न भएको छ ।
देवघाट गाउँपालिकाको आयोजनामा सञ्चालित मेड्पा कार्यक्रम अन्तर्गत उद्यमशिलता विकास तालिम लिएर सीप विकास तालिम मौरीपालन लिएका उद्यमीहरूलाई पाँच दिने तालिम दिइएको देवघाट गाउँपालिका उद्यम विकास सहजकर्ता र तालिम सहजीकरण तथा व्यवस्थापक तिर्थ प्रसाद लम्सालले बताउनुभयो । साथै तालिममा सहभागी ३० जना उद्यमीहरूलाई एक मौरीको घार सहित मौरीको सम्पूर्ण सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
मौरीपालन गर्ने उद्यमीहरूलाई व्यवसाय गर्न केही सहज होस् भन्ने उद्देश्यले मौरीको घार सहित सामग्री हस्तान्तरण गरिएको हो लम्साल । वडा नम्बर-२ को वडा अध्यक्ष मीन बहादुर राना मगरको अध्यक्षतामा माघ २८ गतेदेखि सुरु भएको सो तालिम फाल्गुन ३ गतेसम्म सञ्चालन भई सम्पन्न भएको हो । नेपाल मौरीपालन महासंघको केन्द्रिय कोषाध्यक्ष जनक बाबू तिवारीले प्रशिक्षण दिनुभएको उक्त तालिममा वडा नम्बर-२ सदस्य एंवम कार्यपालिका सदस्य हुम माया खान लगाएत उपस्थिति रहेको थियोे ।



