देवघाट फाल्गुन ७
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-१ कोटामा ४२ औँ मगर दिवसको शुभ अवसरमा गाउँस्तरिय कौराह प्रतियोगिता हुने भएको छ ।

"इतिहास,भाषा,धर्म,संस्कृति,संरक्षण,सम्बद्वन मगरहरूको मूल मन्त्र,जातीय,पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र" भन्ने मुल नारा सहित प्रतियोगिता कार्यक्रम कोटा मगर समाजको आयोजनामा हुने भएको हो । कौराह प्रतियोगिता फाल्गुन १५ गते बिहान ११ बजेदेखि देवघाट-१ कोटा ठुलो चौताराको प्राङ्गणमा सो प्रतियोगिता हुने कार्यक्रमका संयोजक मुक्तिलाल थापाले जानकारी दिनुभयो ।

मगर जातिहरूको संस्कृतिलाई जोगाउनको लागि कौरा प्रतियोगिता कार्यक्रम राखिएको समेत थापाले बताउनुभयो । सो कौरा प्रतियोगिताका प्रथम पुरस्कार ११ हजार ९ सय उनान्सय रूपैयाँ,द्वितीय पुरस्कार ५ हजार ९ सय उनान्सय रूपैयाँ र तृतीय पुरस्कार २ हजार ९ सय उनान्सय रूपैयाँ रहेको छ भने प्रतियोगितामा भाग लिनको लागि १ हजार रूपैयाँ प्रवेश शुल्क तोकिएको छ । साथै प्रतियोगितामा भाग लिदा संस्कृति झल्काउने पोषाक अनिवार्य हुनुपर्ने र कौराह २० मिनेट सम्ममा गाइसक्नु पर्ने छ । मगर दिवस अर्थात फाल्गुन १५ मा बारा,तरूल,गिठ्ठा भ्याकुर खाएर मनाउने मगर जातिहरूको चलन पनि छ ।



