देवघाट फाल्गुन ८
देवघाट गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम "मेड्पा" अन्तर्गत स्तरोन्नति तर्फ देवघाट गाउँपालिका वडा नम्बर-५ का ब्युटीशियन उद्यमीहरूलाई १ महिने पूनतार्जगी सीप विकास तालिम आज औपचारीक रूपमा सुरू भएको छ ।

गाउँपालिकाले महिला दिदीबहिनीहरूलाई सीप विकास गरेर स्वदेशमै केही गर्न सकिन्छ भनेर यस कार्यक्रम अन्तर्गत गत वर्ष सामान्य वेसीक स्तरको ब्युटीशियन तालिम लिएर व्यवसायीक रूपमा अघि बढ्न चाहने महिला उद्यमीहरूलाई १ महिने ब्युटिशियन तालिमको आयोजना गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताउनु भयो । घरायसी कामधन्दामा मात्रै सिमित नभइ समाजमा अगाडि बढाउनु पर्छ भन्ने उद्देश्यले महिला दिदिबहिनीहरूको लागि तालिमको आयोजना गरिएको थापाले बताउनु भयो ।

त्यस्तै गरि सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले तालिमलाई तालिममा मात्रै सिमित नगरि पछि देवघाट गाउँपालिकाबाट एउटा दक्ष उद्यमी बनेर प्रशिक्षकको रूपमा अन्यत्र ठाउँमा समेत पुग्नु पर्छ भनेर सोही अनुसार अगाडि बढ्न अनुरोध गर्नुभयो । साथै पुरूषहरूको लागि पनि ब्युटिशियन तालिम अन्तर्गत दारी र कपाल काट्ने तालिम ल्याएर २/४ जना पुरूषहरूलाई देवघाटमै उद्यमीको रूपमा अगाडि बढाउने समेत बताउनुभयो ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल ,देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवर,वडा सदस्य कमला गुरूङ,बुद्धि बहादुर पाण्डे,देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त,देवघाट गाउँपालिका महिला सञ्जाल अध्यक्ष राधादेवी खनाल,देवघाट गाउँपालिका पञ्जीकरण शाखा प्रमुख सम्झना खत्री, देवघाट गाउँपालिका उद्यव विकास सहजकर्ता तिर्थ प्रसाद लम्साल,देवघाट गाउँपालिका उद्यव विकास सहजकर्ता गिता गुरूङ लगाएको उपस्थिति रहेको थियोे । औपचारीक रूपमा आज सुरू गरि तालिम भोलिदेखि सुरू हुने छ । उक्त एक महिने तालिममा देवकी खड्काले प्रशिक्षण दिनुहुनेछ ।



