देवघाट फाल्गुन ९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा आज देवघाट गाउँपालिकामा भ्रस्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचारका विषयमा विश्लेषण , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिचय , भ्रष्टचारको परिभाषा, उजुरी पर्ने कारण,भ्रस्टचार र सजाय , भ्रष्टाचार नियन्त्रणको आवश्यकता एवं अन्य विविध कुरामा आख्तियार अनुसन्धान आयोगका उप-सचिव जगदिस चन्द्र शिवाकोटीले स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले अन्तरक्रिया कार्यक्रमले कुनै पनि गल्ती बिना उजुरी पर्यो भने नडराउन र सकभर सबै कुराहरू थाहा पाइराख्न अनुरोध गर्नु भएको थियोे । साथै थापाले अख्तियारको विषयमा सिक्ने अवसर प्रदान गरिदिनु भएकोमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगलाई धन्यवाद व्यक्त गर्दै सेवा सुविधा भएका त्रुटिहरूलाई सच्याउँदै जाने पनि बताउनु भएको थियो ।
जोकोहिले पनि काम सिस्टम अनुसार गर्न सक्यौँ भने कुनै पनि कुरासँग नडराउन देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिँ गुरुङले अनुरोध गर्नु भएको थियो । आजको यस कार्यक्रमले सहभागी सम्पूर्णलाई भ्रष्टाचारको बिषयमा बुझ्ने अवसर दिने र यस्ता काममा सचेत भई अघि बढन उत्प्रेरित गर्दै भष्ट्राचार सम्बन्धी कामलाई रोक्न मद्दत गरे कोहि निर्दोष नफस्ने एवं भष्ट्राचार हुनबाट बचाउन सकिने उपाध्यक्ष गुरुङले बताउनु भएको थियो ।
त्यस्तै गरि उक्त अन्तरक्रिया कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यको बिषेश उपस्थितिमा सँगै देवघाट गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवर , २ नम्बर वडा अध्यक्ष मीन बहादुर राना, देवघाट गाउँपालिका वडा सदस्य बुद्धि बहादुर पाण्डे, याम बहादुर मगर, कमला गुरुङ, सरस्वति परियार लगायतको उपस्थिति रहेको थियोे ।



