देवघाट फाल्गुन १४
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-५ स्थित रहेको कालिका माध्यमिक विद्यालयकी छात्रा परीमायाँ आले मगरले गण्डकी प्रदेश स्तरिय राष्ट्रपती रनिङशिल्ड प्रतियोगितामा सटपुटमा द्वितीय स्थान हासिल गरेकी छन् ।

आले मगरले गत फाल्गुन १२ गते भएको गण्डकी प्रदेश स्तरीय रनिङशिल्ड प्रतियोगितामा द्वितीय स्थान हासिल गरेकी हुन्। विद्यार्थीलाई पढाइलेखाइमा मात्रै नभएर खेल क्षेत्रमा पनि अगाडि लैजानु पर्छ भन्ने हेतुले र विद्यार्थीलाई खेल क्षेत्रमा हौसला दिन सोमबार देवघाट गाउँपालिकाको कार्यालयले सम्मान कार्यक्रमको आयोजना गरि विद्यालयमै गएर मगरलाई सम्मान गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताउनुभयो ।

अध्यक्ष थापाले मगरलाई बधाई सँगै आगमि दिनहरूमा खेल क्षेत्रमा अझै धेरै प्रगति गर्दै अगाडि बढ्न शुभकामना दिदैँ प्रशंसा पत्र मार्फत सम्मान गरिएको हो । साथै गाउँपालिकाले विद्यालयका खेल शिक्षक हेमन्त पौडेललाई समेत सम्मान गरिएको थियोे ।

सोही अवसरमा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरूङ, प्रमुख प्रशासकिय अधिकृत गौरी प्रसाद आचार्य,कार्यपालिका सदस्य बाबुराम परियार, शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने र कार्यक्रम अधिकृत कृष्णराज पन्त द्वारा विद्यालयको भौतिक अवस्था तथा कक्षा अवलोकन समेत गरिएका थिए ।




