देवघाट फाल्गुन १६
देवघाट गाउँपालिका वडा नम्बर- १ कोटा मगर समाजद्वारा आयोजित कौराह प्रतियोगितामा कोटा मगर समाज प्रथम भएको छ । फागुन-१५ गते मगर दिवसको अवसरमा आयोजना गरिएको सो प्रतियोगितामा कोटा मगर समाज प्रथम भएको हो ।

समाजले १५० पुराङ्कमा १३४ अंक ल्याएर प्रथम स्थान हासिल गरेका थिए भने कोटा तमु समाजले १०७ अंक ल्याइ द्वितीय स्थान हासिल गरेका थिए त्यस्तै गरि भने ९१ अंक ल्याई सृजना आमा समूह आपटारले तृतीय स्थान हासिल गरेका थिए ।

भाषा,धर्म र संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले मगर दिवसको अवसरमा कौराह प्रतियोगिता राखेर मगर दिवस मनाइएको कार्यक्रम संयोजक मुक्तिलाल थापाले बताउनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख अतिथ्यमा भएको उक्त कार्यक्रममा थापाले मगरहरूले हरेक वर्ष फागुन-१५ लाई स्थापना दिवसको रूपमा मनाउँदै आएको छ यस दिन मगर जातिहरू आफ्नो पोषाकमा सजिएर रमाइलो गर्ने र विभिन्न परिकारका खानेकुराहरू खाएर मनाउने गरेको बताउनु भयो । त्यस्तै गरि थापाले जातिय पोषक र संस्कृतिक जनजातिको गहना हो भन्दै त्यसमा लाज मान्नुको सट्टा गर्भ गर्न अनुरोध गर्नु भएको थियोे ।

मगर दिवसको दिन अत्यन्तै राम्रो कार्यक्रम आयोजना गरिएको भन्दै कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले आयोजक टिमलाई धन्यवाद व्यक्त गर्नु भएको थियोे । गुरूङले हाम्रो धर्म,संस्कृति,रीतिरिवाजलाई हामीले नै जोगाउनु पर्छ हामीले जोगाए मात्रै हाम्रो भावी पुस्ताहरूले त्यसलाई देख्न र हेर्न पाउछ भन्दै सम्पूर्ण मगर जातिहरूलाई संस्कृतिलाई उजागर गर्न आग्रह गर्नु भएको थियोे । प्रतियोगितामा निर्णायक भुमिकाको संयोजकमा लोक तथा दोहोरी गायक शिव थापा मगर र त्यस्तै गरि लोक तथा दोहोरी गायिका रन्जिता थापा मगर र थम बहादुर झ्यारी मगर रहेको थियोे ।

वडा नम्बर-१ अध्यक्ष मनिराज गुरूङ,वडा नम्बर-४ अध्यक्ष मित्रलाल गुरूङ,कार्यपालिका सदस्य बाबुराम परियार,पुर्व १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरूङ,देवघाट गाउँपालिका योजना प्रमुख राम प्रसाद सापकोटा,इन्जिनियर तिर्थराज ढुङ्गाना,माओवादी केन्द्रका जिल्ला सदस्य होम बहादुर गुरूङ,स्वतन्त्र व्यक्ति बिष्णु खनाल लगाएतको उपस्थिति रहेको थियोे ।

त्यस्तै गरि कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर-१ कठन टोल विकास सँस्थाद्वारा मगर एकता दिवस-२०८० को उपलक्ष्यमा आयोजित टोल स्तरिय पुरूष तथा महिला भलिबल खेल प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियोे भने मगर दिवस विभिन्न साँस्कृतिक कार्यक्रम गरेर भव्यताका साथ सम्पन्न भएको थियोे ।



