चितवन, फागुन १८–
पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा श्रीमद्भागवत ज्ञान महायज्ञ (अनुष्ठान) हुने भएको छ । समाजका प्रत्येक बालबालिकाहरुलाई धर्म, संस्कृति र संस्कार सिकाउने उद्देश्यले अनुष्ठान गर्न लागेको आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी आश्रमले जानकारी दिएको छ ।
महायज्ञ यही फागुन २० देखि २६ गतेसम्म हुनेछ । राम जानकी बालिका आश्रमले आयोजना गरेको यो महायज्ञ ७९ औँ हो । २०६८ सालमा काठमाण्डौँमा महायज्ञ लगाएर शुरु गरिएको महायज्ञ गोरखा, चितवन नवलपरासी जिल्लामा समेत गरिएको थियो । यसलाई राष्ट्रव्यापी बनाउने लक्ष्य रहेका आश्रमकी अध्यक्ष सावित्री टण्डनले जानकारी दिइन् ।



