प्रतिमा खत्री देवघाट तनहुँ
, देवघाटधाम सिकाई केन्द्रको आयोजनामा देवघाट क्षेत्र विकास समितिको सभाहलमा आज देवघाट गाउँपालिकाका भित्र संगठित अन्तर महिला समुह हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ।उक्त प्रतियोगितामा प्रगतिशील आमा समुह देवघाट प्रथम भएको छ ।
देवघाट गाउँपालिका अन्तर्गतका महिला समुहहरुको बौद्धिक क्षमतास्तरको बिकास र वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो। प्रतियोगितामा १७ अंक सहित प्रगतिशील आमा समूह प्रथम भएको थियो भने १५ अंक सहित उद्यमी महिला समूह द्वितीय ,तथा ११ अंक सहित देवघाट महिला संजाल तृतीय हुन सफल भएका थियो ।
प्रथम ,द्वितीय र तृतीय हुन सफल विजेता समुहहरुलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका का प्रवक्ता एवं वडा न. ५ का अध्यक्ष पुर्ण बहादुर कुंवर , अतिथि राप्रपा देवघाटका अध्यक्ष दिवाकर मिश्र लगायतको उपस्थिति रहेको थियो भने प्रतियोगितामा संस्थाका अध्यक्ष जयकृष्ण सुवेदीको अध्यक्षता रहेको थियो ।



