देवघाट फाल्गुन २१
तनहुँको देवघाटधाममा अवस्थित रहेको महेश संकृत गुरुकुलका ९ जना सन्ततिहरू एकैसाथ उप-प्राध्यापक हुन सफल भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय,सेवा आयोगबाट प्रकाशित विज्ञापनका आधारमा सम्पूर्ण लिखित तथा अन्तर्वार्ता उत्तीर्ण गरी महेश संकृत गुरुकुलका ९ जना सन्ततिहरू उप-प्राध्यापक नियुक्तिका निम्ति सिफारिस भएका छन् ।
गुरूकुलका ९ जना सन्ततिहरू आइतबार उप-प्राध्यापकको नियुक्ति भएको महेश संस्कृत गुरूकुलका प्राचार्य फणीन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । गुरूकुलबाट एकैपटक ९ जना उप-प्राध्यापकमा नियुक्तिको लागि सिफारिस भएको यो प्रथम पटक हो । सिफारिस हुनेमा नव्यव्याकरण विषयमा कुमार खतिवडा,टीकानाथ अधिकारी,नवराज घिमिरे र नारायण जोशी सिफारिस भएका छन् भने साहित्य विषयमा शिवराज लामिछाने र चिरञ्जीवी खतिवडा,इतिहास पुराण विषयमा नवराज लामिछाने शुक्लयजुर्वेद विषयमा मनोज घिमिरे र नेपाली विषयमा नारायण(सुदेश) सत्याल सिफारिस भएका छन् । त्यसैगरी सबैभन्दा कम उमेरमा उप-प्राध्यापक बन्न टीकानाथ अधिकारी सफल भएका छन् ।
पवित्र तिर्थस्थलको रूपमा देशव्यापी रूपमा परिचित तनहुँको देवघाटधाममा संस्कृत विषयमा अध्ययन गर्नको लागि गुरूकुलहरू प्रशस्त मात्रमा रहेका छन् । यिनै गुरूकुलहरूमा अध्ययन गर्नका लागि टाढाटाढाबाट बकुटहरू आएर अध्ययन गरिरहेका छन् ।



