देवघाट फागुन २२
चौकीडाँडा सामुदायिक वन उपभोक्ता समूहको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज सामुदायिक वन कार्यालयमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्टले व्यानर पढेर साधारणसभाको सुभारम्भ गर्नुभएको थियोे । भने उक्त कार्यक्रममा समुहका उपभोक्ता चादनी थापाले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा समूहका कोषाध्यक्ष कृष्ण बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

उक्त कार्यक्रम समारोहमा कार्यक्रमका प्रमुख अतिथि सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्टले सामुदायिक वन भनेको सरकारी चिज हो यसलाई निति नियम अनुसार अगाडि बढाउनु पर्छ यदि कुनै सामुदायिक वनले नियम विपरीत सामुदायिक वनलाई लैजान्छ भने त्यस सामुदायिक वनले नियम अनुसारको सजायको लागि भागिदार हुनुपर्ने कराहरू बताउदैँ सम्पूर्ण सामुदायिक वनहरूलाई सजग भएर अगाडि बढ्न अनुरोध गर्नु भएको थियोे ।

त्यस्तै गरि भट्टले वनले वार्षिक कार्ययोजना अनुसार काम गर्दै गर्यो भने समुहमा खासै त्यस्तो समस्या नआउने बताउदैँ वार्षिक कार्ययोजना अनुसार काम गर्न अनुरोध गर्नुभएको छ । सामुदायिक वनको पैसा सरकारी पैसा रहेको हुदाँ त्यसलाई दुरुपयोग नगर्न अनुरोध गर्दै वन ऐेन अनुसार कामहरू गर्दै अगाडि बढाउन आग्रह गर्नु भएको छ । कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिका वडा नम्बर-५ सदस्य कमला गुरूङले सामुदायिक वनले वनको काम मात्रै नभएर समुहका उपभोक्ताहरूलाई तालिम दिएर एउटा व्यक्ति समेत तयार पार्न आवश्यक रहेको बताउनु भयो ।

समूहको उपभोक्ताहरूले माईनोट लेख्न सक्ने, लेखेको कुरा पढ्न सक्ने सम्मको बनाउनको लागि तालिम दिन जरुरी रहेको गुरूङले बताउनु भयो । स्थानीय वन महासंघ देवघाट अध्यक्ष प्रविण कार्की सामुदायिक वनले वार्षिक साधारणसभा गर्दा कपिमा मात्रै सिमित नगरि भेला राखि साधारणसभा गर्न अनुरोध गर्नु भएको थियोे । काम गर्दै जादा कमि कमजोरि हुन्छ, त्यसलाई अगाल्दै अगाडि बढ्न अध्यक्ष कार्कीले आग्रह गर्नु भएको थियोे ।
त्यस्तै गरि सामुदायिक वनले दिएको फाईदा र वनमा गर्नुपर्ने कुराहरू केके हुन्छ भन्ने विषयमा समेत कार्कीले जानकारी दिनुभएको थियोे । सामुदायिक वन महासंघ नेपाल तनहुँका सचिवालय सदस्य भोजराज नैनावस्तीले सञ्चालन गर्नुभएको सो कार्यक्रम वनका अध्यक्ष कुमारी गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियोे । साथै सामुदायिक वन उपभोक्ता समुहका सम्पूर्ण उपभोक्ताहरूको सहभागीता रहेको थियोे ।



