देवघाट फागुन २९
पवित्र तिर्थस्थल देवघाटधाममा रहेको देवघाटधाम जेसीज
सन २०२१ मा स्थापित भइ हाल छोटो समयमा धेरै युवाहरूको मनमा बस्न सफल भएको छ । १८ देखि ४० वर्ष उमेर भित्रका युवाहरूसँग समर्पित यस सँस्थाको मुख्य उद्देश्य भनेको स्वयं व्यक्ति बन्नु रहेको छ । देवघाटधाम जेसीजलाई नेपाल जेसीजसम्म पुर्याउन देवघाटधाम जेसीजका सँस्थापक अध्यक्ष जेसी विकास सापकोटाले धेरै प्रयत्न गर्दै आएका छन् ।

देवघाट गाउँपालिकामा रहेको युवाहरूको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृत्ति गर्ने मनासयले स्थापित यस सँस्था स्थापित भएको हाल ४ वर्ष को अन्तरालमा वर्ष- २०२४ का अध्यक्ष जेसी रघु मल्लले यस वर्षलाई स्वणिम बनाउने उद्देश्यले पर्यटन र उद्यमशिलताबाट नै समाजको आर्थिक अवस्था सुधार गर्न सकिन्छ,समाजलाई आधुनिकता तर्फ उन्मुख बनाउन सकिन्छ जसमा युवाहरूको नेतृत्व आवश्यक छ भन्ने सोचका साथ पर्यटन र उद्यमशिलतामा युवा नेतृत्व भन्ने प्रकरणमा वर्ष २०२४ लाई अगाडि बढाइरहेको छ ।

सो सँगै यस वर्षलाई स्वणिम बनाउने उद्देश्यले देवघाटधाम क्षेत्रको पर्यटन प्रवर्द्धनमा हाम्रो अभियन भन्ने नारा सहित यहीँ फाल्गुन २५ गते गोसाइँकुण्डको यात्रा गरि फाल्गुण २६ गते गते शनिवारका दिन देवघाटधाम जेसीजकाे ऐतिहासिक तेस्राे बाेर्ड बैठक त्रिशुली नदिकाे उद्गमस्थल,पवित्र धार्मिक तथा ऐतिहासिक स्थल रसुवा जिल्लाकाे गाेसाईकुण्डमा रहेकाे हाेटल नमस्तेमा सम्पन्न गरिएको वर्ष २०२४ का अध्यक्ष जेसी रघु मल्लले बताउनु भएकाे छ ।

देवघाट गाउँपालिका भित्र रहेकाे विभिन्न पर्यटकिय क्षेत्रहरूकाे प्रचारप्रसार स्वरूप गोसाइँकुण्ड सम्म यात्रा गरिएको देवघाटधाम जेसीजकाे टाेलीले चिसो हिउँको बाबजुद पनि साेहि स्थानमा बैठक सम्पन्न गरिएको हाे । सो बैठकमा आगामी दिनहरूमा गरिने कार्यक्रमहरूकाे बारेमा छलफल र विशेष गरि पर्यटकिय क्षेत्र देवघाटधाममा नव वर्ष २०८१ काे अवसरमा पाल्नुहुने सम्पुर्ण भक्तजन तथा पर्यटकहरूलाई स्वागत तथा सम्मान गर्ने देवघाटधाम जेसीजका महासचिव जेसी प्रसन्न ढकालले जानकारी दिनुभयो । साथै देवघाटधाम जेसीजले गत महिनामा सम्पन्न गरेका कार्यहरूकाे रिपाेर्टहरूमा छलफल गरि आवश्यक निर्णयहरू गरि बैठक सम्पन्न गरिएको थियोे।





