देवघाट चैत २
देवघाट गाउँपालिका वडा नम्बर-५ गोहिटार स्थित रहेको सिद्धमहाकाली माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ग्याजेट स्क्रिन टाईम सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

देवघाटधाम जेसीजकाे सम्मानित तेस्राे बाेर्ड बैठककाे निर्णयानुसार देवघाट-५ गाेहिटारमा रहेको सिद्ध माध्यामिक विद्यालयमा तालिम आयोजना गरिएको देवघाटधाम जेसीज वर्ष-२०२४ का निर्देशक तथा कार्यक्रम संयोजक जेसी प्रद्युम्न प्याकुरेलले जानकारी दिनुभयो । शुक्रबार भएको उक्त तालिमका प्रशिक्षक विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश राज शर्माले तालिममा मोबाइलबाट हुने फाईदा बेफाइदा,मोबाइलले पढाइमा पर्ने असर,मोबाइलको सदुपयोग कसरी गर्ने लगाएत विषयमा तालिममा बिद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।

विद्यालयको लागि यति राम्राे कार्यक्रम ल्याइदिएकोमा देवघाटधाम जेसीज परिवारलाई धन्यवाद दिदैँ विद्यार्थीहरुलाई फाइदा बेफाइदा मनन गर्दै अघि बढ्न बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव कार्यक्रमका प्रमुख अतिथि बिष्णु प्रसाद सुवेदीले बताउनु भएको थियो । त्यस्तै गरि सो तालिममा देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले बिद्यालय व्यावस्थापन समिति लगायत सम्पूर्ण बिध्यार्थीलाई धन्यवाद दिदै मोबाईलको सदुपयोग गर्ने आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै सिद्धमहाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव तिवारीले आगमि दिनहरूमा पनि यस्तै कार्यक्रमहरु ल्याउन अनुरोध गर्दै त्यस्तो कार्यक्रमले विद्यार्थीको चैतर्फि विकासमा सघाउ पुग्ने बताउनुभयो । साथै तिवारीले तालिमको लागि देवघाटधाम जेसीज परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।




