देवघाट चैत ३
इन्दिरा सन्यास आश्रम डुम्रेल देवपुर कल्पवास घर्तिवास खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ९ औँ साधारण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त खानेपानी तथा सरसफाई उपभोक्ता समितीको अध्यक्ष पदमा डिलबहादुर गुरुङ,उपाध्यक्ष पदमा दधिराम सापकोटा, सचिव पदमा उषा नैनावस्ती,कोषाध्यक्ष पदमा टेकराज सापकोटा,सह-सचिव पदमा श्याम भक्त श्रेष्ठ , सदस्य मिठु पौडेल,माया शर्मा, प्रेम बहादुर थापा मगर, शान बहादुर परियार लगायत गरि नौ सदस्यीय समिति चयन भएको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका वडा नम्बर-५ सदस्य बुद्धि बहादुर पाण्डेले आफ्नो मन्तव्य राख्दै इन्दिरा आश्रमको प्रयासले नै देवपुर टोल वासिहरूले पानी खान पाएको बताउदैँ ईन्दिरा आश्रमलाई धन्यवाद व्यक्त गर्नु भएको थियोे । साथै पाण्डेले आजभन्दा अगाडि जस्तो रहेता पनि अबको दिनमा राम्रोसँग काम गर्न समितिलाई आग्रह गरेका थिए । कार्यक्रममा देवघाट गाउँपालिका वडा- ५ सदस्य बुद्धि बहादुर पाण्डे,देवघाट-५ का पूर्व वडा अध्यक्ष याल बहादुर गुरुङ, इन्दिरा आश्रमका प्रमुख इश्वरानन्द सरस्वती लागायतको उपस्थिति रहेको थियोे ।

भने खानेपानीका अध्यक्ष डिल बहादुर गुरूङको अध्यक्षतामा भएको सो कार्यक्रम खानेपानीका सचिव उषा नैनावस्तीले सञ्चालन गर्नु भएको थियोे ।



