देवघाट वडा-५ द्वारा निर्माण गरिएको सार्वजनिक शौचालय उद्घाटन

images
  • 263
    SHARES
  • चैत्र ५, २०८० सोमबार
    देवघाट वडा-५ द्वारा निर्माण गरिएको सार्वजनिक शौचालय उद्घाटन
    images

    देवघाट चैत ५

    देवघाट गाउँपालिका ५ नम्बर वडाद्वारा निर्माण गरिएको सार्वजनिक शौचालयको सोमबार उद्घाटन भएको छ । शौचालयको आज देवघाट गाउँपालिका प्रवक्ता एवं देवघाट-५ अध्यक्ष पुर्ण बहादुर कुँवर र वडा सदस्यहरू कमला गुरूङ,सरस्वती परियार,बुद्धि बहादुर पाण्डेले संयुुक्त रूपमा उद्घाटन गरेका हुन् ।

    433091682_393703743296246_811424798536133306_n.jpg

    आज भएको सो उद्घाटन कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवं देवघाट-५ अध्यक्ष पुर्ण बहादुर कुँवरले पवित्र तिर्थस्थल देवघाटधाममा विभिन्न ठाउँबाट भक्तजनहरू स्नान गर्न आउने क्रममा धेरै समस्या उत्पन्न भएको हुदाँ शौचालयको निर्माण गरिएको बताए । देवघाट आउने भक्तजनहरूको दु:ख र शौचालय नभएर उत्पन्न भएको समस्यालाई समाधान गर्नुपर्छ भन्ने हेतुले वडा समितिसँग सल्लाह गरी २०८०/०८१ मा बजेट विनियोजन गरी शौचालय निर्माण गरिएको वडाध्यक्ष कुँवरले बताए ।

    433049882_393703899962897_5554992122542682416_n.jpg

    देवघाटमा मेला पर्व बाहेक पनि हरेक दिन टाढाटाढा बाट भक्तजनहरू आउने गर्दछ सो शौचालय निर्माण गर्न वडा कार्यालयबाट ६ लाख रूपैयाँ, प्रधानमन्त्री रोजगारी कोषबाट १ लाख ५० हजार काम सुरू गरिएको र बजेट अपुग भएपछि पुसको अधिबेशनमा एउटा शिर्षकमा १ लाख ५० हजार रूपैयाँ रकामान्तर गरि जम्मा ९ लाखको लागतमा काम सम्पन्न भएको हो ।

    432602330_393704586629495_3579758284055036853_n.jpg

    साथै उक्त कार्यक्रममा देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,देवघाट गाउँपालिका सव-ईन्जिनियर श्याम सुन्दर सुवेदी,अ.सव-ईन्जिनियर बिनिता पुन,वडा सचिव पविता खनाल,शौचालय निर्माणका सहजकर्ता हिमाल मगर र भुवन सापकोटा लगाएतको उपस्थिति रहेको थियोे । अबभने पवित्र तिर्थस्थल देवघाटधाममा जतिपनि बाहिरबाट धार्मिक पर्यटकहरू लगाएत अन्य व्यक्तिहरू भित्रिन्छन् उनिहरूका लागि शौचालय अभावको कारणले निस्किने समस्या कम हुने स्थानीय वासीले आशा व्यक्त गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend