देवघाट चैत ७
तनहुँको देवघाटबाट अब सजिलै सँग नारायणगढ चितवन जान सकिने भएको छ । आजभन्दा धेरै वर्ष पहिले देखि देवघाटवासीहरू नारायणगढ जानको लागि तनहुँको देवघाट र चितवन जोड्ने झलुङ्गे पुल तरी बसमा चढेर जानुपर्ने कित आपतकालीनको लागि अटोमा चढ्न बाध्यता थियोे ।

आकस्मिक बिरामी लान दोब्बर लामो बाटो दासढुङ्गाबाट जान पर्ने अवस्था थियोे । झलुङ्गे पुल तरी बसमा एकजनाले ३० रूपैया तिर्ने ठाउँमा अटो लिएर जान परेको खण्डमा अहिले एकजनालाई २ सय रूपैयाँ बिना लादैन देवघाटवासीको भनाइ छ । लामो समयको प्रतीक्षा पछि अब भने देवघाटबाटै नारायणगढ जान सकिने भएको हो । सोही सेवा आजबाट देवघाट गाउँपालिका वडा नम्बर-५ टाउनचोक देखि देवघाट टु पोखरा बसपार्क सुरू भएको छ ।
सुरू भएको सो सेवा बिहान ९ बजे देवघाट टाउनचोक,घिनाटार,ठिमुरा हुदैँ नारायणगढ बसपार्क जाने रूट भएको छ भने पोखरा बसपार्कबाट दिउँसोको १२ बजे देवघाट फर्कि पुनः २ बजे नारायणगढ गई नारायणगढबाट ४ बजे देवघाट फर्किने रूट रहेको छ । अहिले तत्कालको लागि देवघाट बाट नारायणगढ दिनमा २ पटक मा आवतजावत हुने छ । देवघाटवासीहरू लाई सेवा सुविधा दिने उद्देश्यले देवघाट तनहुँको तर्फ "देवघाट टु पोखरा बसपार्क"बस आजबाट सञ्चालन गरेको सवारी चालक कर्ण सिं गुरूङले बताएका छन् ।
सालिग्राम करिडोर अन्तर्गत रहेको देवघाट १ कोटाबाट नारायणगढ निरन्तर रूपमा चलिरहेको सो यस बस वडा १ वासीहरूलाई नारायणगढ जान ढोडेनिको बाटो पाएक पर्नि र बाटो पनि राम्रो भएको हुदाँ सबै ढोडेनि बाट आवतजावत गर्ने र त्यो सँगै देवघाटवासीहरूको लागि अति आवश्यक रहेको हुदाँ देवघाट टु नारायणगढ सेवा थालनी गरिएको गुरूङले बताए । देवघाट टु पोखरा बसपार्क बस ना.४ ख. १६२ गाडी नम्बर भएको बस सञ्चालन भएको छ ।
देवघाटबाटै बस सेवा सुरू भएलगत्तै देवघाटवासीहरू अत्यन्तै खुसी भएका छन् उनिहरूले अब बल्ल आफ्नै घरबाट बस चढ्न पाइने भयो भनेर खुसी व्यक्त गरेका छन् ।



