देवघाट चैत्र ७
देवघाट गाउपालिको आयोजना र महिला लघुवित्त वित्तीय संस्था लिं को सहकार्यमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सम्पन्न भएको छ ।

देवघाट गाउंपालिकाको वडा २ तालबारी भएको अन्तरक्रिया कार्यक्रममा महिला लघुवित्त वित्तीय संस्थाका बुलिङटारका कार्यालय प्रमुख तोयानाथ तिमल्सीनाले ३० जना मौरीपालन ब्यवसायका लघुउधमी महिलाहरूलाई बचत कसरी बचाउने खर्च कम गर्न के के गनुपर्दछ । लघुवित्त संस्थावाट कर्जा लिइ सकेपछि कसरी ब्यवसायमा लगानी गर्ने कर्जा सदुपयोग कसरी गर्ने तथा महिला लघुवित्तमा आवद्ध हुन आवश्यक निति नियम समुह गठन तथा उद्यमी बन्न आवश्यक पर्ने कर्जा लिन्न आवश्यक प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै अन्तरक्रियामा सहभागि महिला उद्यमीलाई वित्तीय साक्षरता कसरी बचत गर्न सकिन्छ हामीले कति कमाउछौं भन्दा पनि हामीलेकति बचत गर्छौ ती नै हाम्रो वित्तीय चेतना हो। रक्सी,चुरोट,फ्रेसन अनुसारका कपडाहरुमा खर्च नगरी अत्यावश्यक बस्तुमा मात्र खर्च गरी खर्च कटौति गरी बचत गर्न सुझाव दिए ।
तालिम लिइसकेकाहरुलाई वित्तीय संस्थामा पहुच पुर्याइ ब्यवसाय सञ्चालन गर्नका लागि आवश्यक पुंजि समुह मार्फत बिना धितो कर्जा उपलब्ध महिला लघुवित्तसंग देवघाट गाउंपालिकाले समन्वर्य गरेको छ । त्यसका लागि संस्थाको शाखा कार्यालयमा सम्पर्क गर्न देवघाट गाउपालिकाका कर्मचारी श्री तिर्थ प्रसाद लम्सालले जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रम गरिएका वडा नं. २ का समुदायहरु दुर्गम तथा पहाडि क्षेत्रका बासिन्दाहरु हुन ।



