देवघाटमा नदीजन्य पदार्थ उत्खननको लागि म्याद थप

images
  • 442
    SHARES
  • चैत्र ९, २०८० शुक्रबार
    देवघाटमा नदीजन्य पदार्थ उत्खननको लागि म्याद थप
    images

    देवघाट ।

    देवघाट गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननको लागि म्याद थप गरेको छ। गाउँपालिकाले यही चैत १० गतेसम्मको लागिमात्रै उत्खनन गर्ने निर्णय गरेकोमा बिहीबारको गाउँकार्यपालिकाको बैठकबाट म्याद थप गरी २०८१ वैशाख २० गतेसम्म उत्खनन् गर्न पाइने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए।

    वडा नं. ५ स्थित त्रिशूली नदी सेतीभतेरी घाटबाट नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का नलगाई आफैँले बिक्री व्यवस्थापन गर्ने र बिक्री व्यवस्थापन गर्दा गाउँ कार्यपालिकाको कार्यालयको राजस्व इकाइ÷काउन्टरबाट प्रति घनमिटर रू ४०० का दरले रसिद काटेपछि नियन्त्रण टोकन दिने गाउँपालिकाले २०८० पुस २३ गतेको कार्यपालिका बैठकले निर्णय गरेको थियो।

    सोहीअनुसार गाउँपालिकाको ढुङ्गा, गिट्टी, बालुवा, माटो उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७९ बमोजिम हुने गरी मिति २०८० माघ २१ गतेदेखि नदीजन्य पदार्थ उत्खनन् गर्दै आएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend