देवघाट चैत १०
तनहुँको देवघाट गाउँपालिकामा आधारभूत र माध्यमिक तहका बिषयगत शिक्षक समूह गठन भएको छ । शनिबार पालिकाको आयोजना तथा सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोगमा शनिबार पालिकाको सभाहलमा आधारभूत तह( ६-८) र माध्यमिक तह(९-१२) का नेपाली,अंग्रेजी,गणित,सामाजिक र विज्ञान बिषयमा बिषयगत शिक्षक समूह गठन भएको हो । बिषयगत शिक्षक समिति अन्तर्गत अंग्रेजी बिषयमा देउराम सारूको संयोजकमा राजु थापा,केशव काफ्ले,राजु गिरी,कृष्ण प्रसाद दुवाडी,दिपेन्द्र नेपाल रहेका छन् । गणित बिषयमा टिकाराम रेग्मीको संयोजकमा शरद चन्द्र खनाल,मेखराज अतिवडा,सारदा रिमाल,अस्मिता सिग्देल,शिव खनाल,गुरूप्रसाद पौडेल रहेका छन् । विज्ञान बिषयमा हरिबिलास पौडेलको संयोजकमा मनिसा बजगाई,खगेन्द्र थापा,मेखलाल आले,लक्ष्मण कडेल,दिनेश ठकुरी,होम प्रसाद श्रेष्ठ रहेका छन् त्यस्तै गरि सामाजिक बिषयमा बैकुण्ठ भट्टराईको संयोजकमा देवराज योगी रहेका छन् । नेपाली बिषयको संयोजकमा ऋिषिप्रसाद घिमिरेको संयोजकमा हरिप्रसाद श्रेष्ठ,किशोर काफ्ले,कल्पना शर्मा रहेका छन् ।

देवघाट गाउँपालिका स्तरीय बिषयगत शिक्षक समूहमा देवघाट गाउँपालिका शिक्षा शाखा अधिकृत होमनाथ लामिछानेको संयोजकमा समिति गठन भएको छ । भने बिषयगत कार्य समूहमा सरद चन्द्र खनालको संयोजकमा ११ सदस्यीय समिति गठन भएको छ ।






