देवघाट चैत १९
देवघाट गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम आज सोमबार देवघाट गाउँपालिका वडा नम्बर-१ मा सम्पन्न भएको छ । देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले आफू निर्वाचित भएदेखि देवघाटको समग्र भेगलाइ समेटेर विकास निर्माण काम गर्दै अगाडि बढेको जानकारी दिदै उनले आगमि आर्थिक वर्षबाट देवघाटको हरेक भेग अनुसार नयाँ तरिकाले योजना अपनाएर अगाडि बढ्ने बताए । साथै अध्यक्ष थापाले कृषि र पर्यटन क्षेत्रबाट देवघाट-१ वडालाई विकासमा अगाडि बढाउने,देवघाट १-२-३ र ४ वडालाई सुन्तला खेतीबाट अगाडि बढाउने र वडा नम्बर-५ एक पवित्र धार्मिक तिर्थस्थल भएकोले यस ठाउँलाई अधिकतम रूपमा धार्मिक पर्यटन भित्र्याउने र सिंचाइकाट आत्मानिर्भरता गराउने गरी अगाडि बढ्ने बताए । त्यस्तै गरि देवघाट-१ नम्बर वडा कोटा र गैडाकोट नगरपालिका-३ ढोडेनी जोड्ने पक्की पुललाई प्रदेश सरकारले अगाडि बढाउने जानकारी दिदैँ महिला पुरूष दुवैलाई समेटेर सचेतनामूलक कार्यक्रम ल्याउने अध्यक्ष थापाले प्रतिवद्वता गरे ।

सोही कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले जनताको आवश्यता अनुसार योजनालाई प्राथमिकता दिने बताए । गाउँपालिका सवै जनताको भएको हुदाँ सवैभन्दा पहिलो सेवा गरिव तथा दिनदुखिको लागी दिनुपर्ने उपाध्यक्ष गुरुङले बताए । उनले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाईने र धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाइने समेत बताए ।
प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले संघीय, प्रदेश र स्थानीय तहले निर्माण गरेको विभिन्न कानुनको परिधिमा रही कार्य सम्पादन भईरहेको बताए । साथै अधिकारीले सेवाग्राहीको समस्यामा आफु सदैव क्रियाशिल भएको बताए । जनताको सेवाका लागी बसेको कर्मचारी जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाई राख्दै उनले सम्झौता भएका योजनालाई छिटो सक्नु पर्ने भन्दै योजनाको भुक्तानी प्रक्रियालाई सरल र सहज बनाईने बताए ।

त्यस्तै गरि देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवरले देवघाट गाउँपालिकाको विकास निर्माण,शिक्षा,स्वास्थ्य,खेलकुद,खानेपानी देखि लिएर सम्पूर्ण विषयमा आफ्नो भनाइ जनताको माझ राखेका थिए भने वडा नम्बर-१ मनिराज गुरूङले देवघाट-१ को विकास निर्माणको विषयमा प्रस्ट पारेका थिए । सो सुनुवाइ कार्यक्रममा देवघाट युवा तथा खेलकुद समितिका कोषाध्यक्ष गणेश गुरूङले खेलकुदको विषयमा असन्तुष्टि जनाएका थिए । भने त्यस्तै गरि नेकपा एमाले जिल्ला सदस्य जुली सारू मगरले महिला दिदिबहिनीहरू पछि परेको भन्दै महिला लक्ष्यित सचेतनामूलक कार्यक्रम ल्याउन सुझाव राखेका थिए । नेकपा एमाले देवघाट-१ अध्यक्ष थम बहादुर मगरले गाउँपालिकालाई कृषिको विषयमा राम्रोसँग बुझेर कृषिलाई व्यवस्थित तरिकाले अगाडि बढाउन सुझाव दिएका थिए । नेपाली काङ्ग्रेस जिल्ला सदस्य खम्बा सिं राना मगरले विकास निर्माण कार्यमा पहिलेका अधुरा कामहरू गर्दै अगाडि बढ्नु राम्रो काम हो,आगमि दिनहरूमा पनि आवश्यकता बढी भएको स्थानमा प्राथमिकता दिएर अगाडि बढ्न सुझाव दिए । सोही सुनुवाइ समारोहमा नेपाली काङ्ग्रेस देवघाट-१ अध्यक्ष मुक्तिलाल थापाले गाउँपालिकाले देवघाटको समग्र भेगलाई समेटेर विकासमा अगाडि बढाउनुपर्ने बताए । साथै थापाले कृषि,खेलकुदको विषयमा सुझाव राखेका थिए । सुनुवाइ कार्यक्रममा आफ्नो भनाइ राख्दै देवघाट-१ का पूर्व अध्यक्ष भिम बहादुर गुरूङले हाल पालिका विकासको कामहरूमा अगाडि बढेको बताउदैँ पालिकाले आफ्नो मान्छे नभनि क्षमता भएका व्यक्तिहरूलाई प्राथमिकता दिएर रोजगारी दिलाउन सुझाव दिएका थिए । त्यस्तै गरि महाकाली आधारभूत विद्यालय प्रधानाध्यापक कृष्ण प्रसाद खनालले शिक्षाको क्षेत्रमा पालिकाले अझै ध्यान दिन जरुरी रहेको बताए ।
त्यस्तै गरि कार्यक्रममा प्रत्येक्ष रूपमा जिज्ञासा राखेका जनताहरूको गुनासोलाई गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले स्पष्ट पारेका थिए । भने देवघाट गाउँपालिकाका सम्पूर्ण शाखाका प्रमुखहरूले आफ्नो शाखाको तर्फबाट जनताको जिज्ञासा मेटाएका थिए ।

भने सो कार्यक्रममा वडा नम्बर-४ अध्यक्ष मित्रलाल गुरूङ,वडा नम्बर-३ अध्यक्ष टेक बहादुर आले,वडा नम्बर-२ अध्यक्ष मिन बहादुर राना,कार्यपालिका सदस्य बाबुराम परियार,याम माया गुरूङ,बालकुमारी परियार,वडा नम्बर-१ सदस्य मनमायाँ गुरूङ,नानुमायाँ वि.क.बेल बहादुर गुरूङ,सुन्दर भुजेल लगाएत जनप्रतिनिधि विभिन्न राजनीतिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि,समाजसेवी, शिक्षासेवी पत्रकार लगायतको सहभागिता रहेको थियो ।




