देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालयको नवनिर्मित भवन उद्घाटन 

images
  • 299
    SHARES
  • चैत्र २१, २०८० बुधबार
    देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालयको नवनिर्मित भवन उद्घाटन 
    images

    देवघाट चैत २२

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर- ५ कार्यालयको नवनिर्मित भवन आज जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका छन् । प्रमुख वाग्लेले भवनको रिबन काटेर वडा नम्बर- ५ कार्यालयको नयाँ भवनको उद्घाटन गरिएका हुन् ।

    434581791_403109335689020_8515870675196343430_n.jpg

    पुर्व जनप्रतिनिधिले शिलान्यास गरेर राखेको अधुरो वडा भवन अहिले सम्पन्न भएको हो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले हरेक सानोसानो कुरादेखि लिएर प्रधानमन्त्रीले समेत गर्न नसक्ने काम वडा कार्यालयले गर्न सक्ने बताउदैँ नवनिर्मित वडाको टिमलाई बधाई व्यक्त गरेका थिए । देवघाटको जुनसुकै ठाउँमा विकास गरे पनि देवघाट गाउँपालिका कै विकास हुने बताउदैँ भेग अनुसार आवश्यक विकास गर्न अनुरोध गरेका थिए । साथै प्रमुख वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलले समेत देवघाटको चिन्ता व्यक्त गरेको बताउदैँ देवघाटको विषयमा अति आवश्यक ५ वडा ठुलो योजना बनाएर प्रदेश र संघ सरकारलाई घच्घचाउने हो भने देवघाटको सपना पूरा हुने वाग्लले बताए ।

    434599609_403108502355770_303543281781097444_n.jpg

    त्यस्तै गरि देवघाट गाउँपालिकालाई विकास सँग चासो राखेर अगाडि बढ्न अनुरोध गर्दै देवघाटको हरेक क्षेत्रमा विकास गर्नु परेको खण्डमा जिल्ला समन्वय समितिको सहयोग सदैब रहेको समेत उनले बताए । सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले नयाँ भवन उद्घाटन गर्न सफल भएकोमा वडा-५ कार्यालयलाई धन्यवाद व्यक्त गरेका थिए । वडा भवन उद्घाटन भएसँगै अब यस वडाबाट जनताहरूले गुणस्तरीय सेवा पाउने कुरामा विश्वास लिएको अध्यक्ष थापाको भनाइ छ । सरकारको रणनीति अनुसार घरघरमा शिंह दरवार भित्र्याउने उद्देश्य अनुसार अहिले वडाबाट घरघरको सेवा प्रदान भैरहेको छ अध्यक्ष थापा ।

    434731821_403171595682794_5565910077793422408_n.jpg

    देवघाट बाहिर बाट हेर्दा मात्रै सुगम हो भित्र छिरेर हेर्ने हो भने धेरै समस्यामा गुज्रिरहेको देखिन्छ,अहिले देवघाटमा मुख्यत समस्या शिक्षा ,स्वास्थ्य,बाटोघाटो,अव्यवस्थित जग्गाको लालपुर्जा वितरण गर्ने कुरा राष्ट्रिय रूपमा तेतिकै छ, बजेट विनियोजनका कुराहरू समेत तेतिकै रहेको बताए । साथै अध्यक्ष थापाले हाल देवघाटको प्रत्येक वडालाई समान तरिकाले विकास गर्दै अगाडि बढेको बताउदैँ प्रदेश र संघ सरकारलाई पुर्‍याउन पर्ने सन्देश र सुझावहरू समन्वय समितिले निर्णय गरी  सुझाव दिएर योजनाहरू योजनावद्व तरिकाले पालिकामा आउनुपर्ने बताए । त्यस्तै गरि देवघाट गाउँपालिकाको मुख्य समस्या राजस्व संकलन हो,पालिकाको राजस्व संकलनको लागि विभिन्न अभियान चालिरहेको हुन्छ तर अनुगमन,अनियमितता र पारदर्शीताको नाममा लगाए धेरै किसिमको लान्छना लगाएर धेरै ठाउँमा असहजिलो वातावरण सिर्जना भएको छ, स्वतन्त्र रूपले काम गर्न सक्ने वातावरण पाएको छैन यसको लागि जिल्ला समन्वय समितिले जिल्ला स्तरीय एउटै किसिमको अनुगमन समिति गठन गर्नुपर्नेमा अध्यक्ष थापाले जोड दिए । साथै अध्यक्ष थापाले देवघाटमा अव्यवस्थित बसोबासको लागि भुमि आयोगबाट यो कागज पुगेन,कहिले के पुगेन भनेर विभिन्न बाहाना गरी अहिले सम्म भुमिहिन सुकुम्बासी र दलित सुकुम्बासी हरूलाई लालपुर्जा वितरण गर्न सकेको छैन त्यसलाई जिल्ला समन्वय समितिले समन्वय गरि पहल गर्न अनुरोध गरेका थिए ।

    434483504_403108479022439_7506665688755376032_n.jpg

    नयाँ वडा भवन उद्घाटन समारोहमा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले वडा बाट राष्ट्रपति कार्यालयबाट हुन नसक्ने काम वडाबाट हुने बताउदै उत्सावको रूपमा शुभकामना व्यक्त गरेका थिए । पुर्व जनप्रतिनिधिले राखेका अधुरा कामहरू पूरा गर्दै अगाडि लैजाने प्रतिवद्वता गरे । पार्टी नहेरी विकासको काममा अगाडि बढ्ने बताए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ,२ वडा अध्यक्ष मिन बहादुर राना,३ वडा अध्यक्ष टेक बहादुर आले,देवघाट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन अधिकारी,देवघाट महिला सञ्जाल अध्यक्ष राधादेवी खनाल,वडा-५ पूर्व सदस्य भोजराज नैनावस्ती,चक्रबर्ती आधारभूत विद्यालयका प्रधानाध्यापक गिता राजभाट, सुन्दरशिल टोलका अध्यक्ष दुर्गालाल गुरूङ लगाएतले मन्तव्य राखेका थिए ।

    434482722_403171122349508_5887747700321131969_n.jpg

    यस वडा भवन जिल्ला समन्वय समिति तनहुँ र देवघाट गाउँपालिकाको सह लगानीमा सम्पन्न भएको हो भने भवन निर्माण योजना निर्माण  व्यवसायी संघ अधित कन्स्ट्रक्सन भरतपुरले ई.भि.डि. मार्फत ठेक्कामा २०७८ भदौ ६ गते सम्झौता गरि २०८० कार्तिक मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने अबधि थियोे तर २०८० फाल्गुन मसान्तसम्म म्याद थपेर काम सम्पन्न गरिएको देवघाट गाउँपालिका ईन्जिनियर तिर्थ ढुङ्गानाले बताए । सो भवनको ९४ लाख ९ हजार ४ सय ६४ रूपैयाँ ७४ पैसा भ्याट सम्म ठेक्का सम्झौता भएकोमा हालसम्ममा मुल्यांकन तथा भुक्तानी रकम ७३ लाख ८१ हजार १ सय ९० रूपैयाँ ७१ पैसा भुक्तानी भएर केही रकम अझै भुक्तानी हुन बाँकी रहेको ढुङ्गानाले जानकारी दिए ।

    434645110_403171775682776_7341560374483884056_n.jpg

    साथै ढुङ्गानाले नयाँ वडा भवन निर्माण भएता पनि देवघाट-५ जनसंख्याको ठुलो भेग भएको वडा भएको हुदाँ सेवाग्राही अत्यन्त साँघुरो भएको कारण तत्काल एक तला थप गर्नुपर्ने भएकोले जिल्ला समन्वय समितिमा भर्खरै ६० लाख र वडा भवन कम्पाउण्ड सहित पुरा गर्न २० लाख गरि जम्मा ८० लाख अझै लाग्ने देखिएकोले माग राखेको बताए । सो कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य यममाया गुरुङ,बलकुमारी परियार लगायत राजनीति दलका प्रतिनिधि,टोल बिकास संस्थाका प्रतिनिधि तथा बुद्धिजीवी व्यक्तिहरुको सहभागी रहेको सो कार्यक्रम गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    434762709_403172059016081_1201461515243018693_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend