सामुदायिक रेडियो देवघाट १०२.६ मेगाहर्गले बुधबार भित्ते पात्रो विमोचन गरेका छन् ।
रेडियोले नयाँ वर्ष २०८१ सालको अवसरमा आज भित्ते पात्रो विमोचन सँगै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरिएका हुन् । सो कार्यक्रममा रेडियोका बजार व्यवस्थापक गोपाल चन्द्र न्यौपानेले सम्मुनत देवघाटको विकासको लागि रेडियोले स्थापना कालदेखि प्रयास गर्दै आएको बताए । उनले रेडियोले देवघाटको हरेक भेगमा गएर समाचार संकलन गर्दै आएको समेत जानकारी दिएका थिए ।
सो कार्यक्रममा गैडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले रेडियो देवघाटको माध्यमले समग्र देवघाटको विकासमा टेवा पुर्याउने बताए । उनले देवघाटको शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि लगाएको विषयलाई लिएर अगाडि बढ्यो भने देवघाटको विकास छिट्टै हुने बताए । साथै राष्ट्रको चौथो अंगको रूपमा मानिने पत्रकारिता पेशालाई कसैको मुखेपत्र नबनि काम गर्न समेत प्रमुख अधिकारीले आग्रह गरे ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले सामुदायिक रेडियो देवघाटको एक मात्रै रेडियो हो यसले समाजका सत्यतथ्य गतिविधिको उजागर गर्दै अगाडि बढेको बताए । अध्यक्ष थापाले पत्रकारिता भनेको समाजको सत्यतथ्य कुरालाई पर्दाफास गर्दै अगाडि बढ्नु हो,रेडियो,अनलाइन र पत्रपत्रिका लगाएत सबैको काम सूचना दिनु हो भन्दै यस रेडियोको माध्यमबाट देवघाटको समग्र विकासमा टेवा पुग्नेमा विश्वास रहेको बताए ।
त्यस्तै गरि सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपाने,रास्वपा देवघाटका सभापति गोविन्द प्रसाद न्यौपानेले मन्तव्य दिएका थिए भने देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी लगाएतको उपस्थिति रहेको थियोे ।
रेडियोका महासचिव निरन्जन हाडाले सञ्चालन गरेको सो कार्यक्रम रेडियोका अध्यक्ष विजय राज शर्मा भुसालको अध्यक्षतामा सम्पन्न भएको थियोे ।