देवघाट चैत ३०
देवघाटधाम जेसीजकाे प्रोजेक्ट-२०२४ कार्यक्रम अन्तर्गत नयाँ वर्ष २०८१ सालकाे पावन अवसरमा पवित्र धार्मिक तीर्थस्थल देवघाटधामको वेणी संगममा पानी वितरण गर्ने भएको छ । भोलि बैशाख १ गतेका दिन गरिने पानी वितरण कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाे सो कार्यक्रमका संयोजक तथा देवघाटधाम जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी करिष्मा गुरूङले बताए ।

देवघाटधाममा देशका विभिन्न स्थानबाट पर्यटन तथा स्नान गर्न आउनुहुने तीर्थयात्रीहरूलाई मध्यनजर गर्दै निशुल्क पानी वितरण कार्यक्रम आयोजना गरिएकाे संयोजक गुरूङले जानकारी दिए । देवघाटधाम जेसीजले पछिल्लाे समय पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित देवघाट क्षेत्रको प्रचारप्रसार गर्दै देवघाटधाम सम्म बहने काली गण्डकीकाे शिरकाे रूपमा रहेकाे मुक्तिनाथधाम र त्रिशुली नदिकाे शिरमा रहेकाे गाेसाईकुण्डधाम सम्मकाे यात्रा गरिसकेकाे छ ।

पर्यटन र उद्दमशीलतामा युवा नेतृत्व भन्ने प्रकरणमा वर्ष २०२४ लाई अगाडि बढाउने क्रममा देवघाटधाम जेसीजले सिङ्गाे देवघाट गाउँपालिकालाई नै पर्यटन क्षेत्रमा अगाडि बढाउने उद्देश्य सहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेकाेछ । साेहि क्रममा देवघाटधाम जेसीजले देवघाटधाम क्षेत्रकाे पर्यटन प्रवर्धनमा हाम्राे अभियान भन्ने नारा सहित देवघाटधाम क्षेत्र र देवघाट गाउँपालिकामा रहेका विभिन्न पर्यटकिय स्थलहरूकाे प्रचारप्रसार गर्दै स्थानीय उद्दमशील युवाहरूद्वारा उत्पादित सामाग्रीहरूकाे प्रचार प्रसार तथा विक्रिवितरणमा समेत जाेडदिने याेजना रहेकाे देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले बताउनु भयाे ।

निशुल्क पानी वितरण कार्यक्रमका लागि श्री कालिका माध्यमिक विद्यालय देवघाट-५, तनहुँबाट शैक्षिक सत्र २०५८ मा SLC परीक्षा उत्तीर्ण गरेका साथीहरूबाट सहयाेग प्राप्त भएकाे साथै कार्यक्रमलाई सफल बनाउन देवघाट गाउँपालिका र देवघाट क्षेत्रविकास समितिबाट सहयाेग प्राप्त हुनेमा विश्वस्त रहेकाे देवघाटधाम जेसीजका काेषाध्यक्ष जेसी अर्जुन सुवेदीले बताउनु भयाे । साथै साेहि दिन बैशाख १ गते देवघाट गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूकाे सहयाेगार्थ छात्रवृत्ती वितरणका लागि सहयाेग संकलन समेत गरिने जानकारी प्रदान गर्नुभयाे । साथै उक्त मेलामा देवघाटधाम जेसीज र लियाे क्लब अफ देवघाट चाैतारीका सदस्यहरू स्वयंसेवककाे रूपमा सेवामा रहने र कार्यक्रमकाे मिडिया पार्टनरकाे रूपमा विहानी मिडिया, देवघाट अनलाईन र रेडियाे देवघाट रहेकाे छ ।



