देवघाट बैशाख ५
महेश संन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरूकुलम् को ३१ औँ वाषिर्कोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

सो वार्षिकोत्सव कार्यक्रम आज बुधबार नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा.यादव प्रकाश लामिछानेको प्रमुख अतिथ्यमा आश्रम परिसरमा सम्पन्न भएको हो । आश्रमको वार्षिकोत्सव सँगै आज श्रीरामनवमी पर्व परेको हुदाँ रामको तस्बिरमा फुल माल्याणपन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियोे । कार्यक्रमको उद्घाटन सँगै संस्कृत गुरूकुलका प्राचार्य कमल सुवेदीले आफ्नो सब्दगुच्छा मार्फत कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए ।

सो वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा.यादव प्रकाश लामिछाने कार्यक्रम मन्तव्य दिदैँ नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत पर्ने उत्कृष्ट विद्यालयहरूमा देवघाटको तिनैवटा विद्यालय पर्ने बताउनुभयो । उनले गत शैक्षिकसत्रमा देवघाटका गुरूकुल राम्रो नतिजा ल्याएको बताउदैँ देवघाटका गुरूकुलहरूले धेरै राम्रो प्रगति गरेको बताए र आगमि दिनहरूमा अझै धेरै राम्रो गर्दै संस्कृत शिक्षालाई अघि बढाउन अनुरोध गर्नुभएको थियोे ।

त्यस्तै गरि कार्यक्रमका विशिष्ट अतिथि कैलाश संन्यास आश्रमका श्री १००८ स्वामी हरिहरानन्द सरस्वती पिठाधीशले महेश संन्यास आश्रमले गुरूकुललाई विश्वव्यापी रूपमा चिनाउन सफल भएको बताउनुभयो । साथै पिठाधीशले संस्कृत शिक्षालाई विश्वसामु चिनाउने गुरूकुलको लक्ष्य हुन्छ त्यसलाई पूरा गर्न अनुरोध गर्नुभएको छ । सो वार्षिकोत्सवमा घरघरमा गुरूकुल अभियानका संयोजक महेश संस्कृत गुरूकुलका आचार्य कपिल देव सुवेदीलाई नगद सहित सम्मान गरिएको थियोे । सोही अवसरमा गुरूकुलका छात्रहरूलाई नारायणी प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियोे ।

गत वर्षको वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरूलाई समेत सम्मान गरेका थिए भने अनुशासन तथा सरसफाइको आधारमा समेत विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए । त्यस्तै गरि कार्यक्रममा गुरूकुलका छात्र प्रविण काफ्लेद्वारा कविता प्रस्तुत गरिएको थियोे । उक्त कार्यक्रममा महेश संस्कृत गुरूकुलका प्रा.डा गुरु प्रसाद सुवेदी,देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले मन्तव्य दिएका थिए। सो समारोहमा अन्नदाता एवं विशिष्टजनहरुलाई सम्मान गरिएको थियो भने विभिन्न ठाउँबाट वार्षिकोत्सब समारोहमा सहभागी रहेको थियोे ।

आश्रमका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजको अध्यक्षतामा भएको सो कार्यक्रम गुरूकुलम् का उप-प्राचार्य फरिन्द्र प्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियोे ।



