विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग समन्वय गोष्ठी सम्पन्न

images
  • 369
    SHARES
  • बैशाख ६, २०८१ बिहीबार
    विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग समन्वय गोष्ठी सम्पन्न
    images

     देवघाट बैशाख ६

    तनहुँको देवघाट गाउँपालिकामा वातावरण संरक्षण गर्ने उद्देश्यले बिहिवार विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग समन्वय गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

    436442849_411771251489495_4301688835878547037_n.jpg

    सो कार्यक्रम आज गाउँपालिकाको सभाहलमा सव-डिभिजन वन कार्यालय तनहुँको आयोजना तथा देवघाट गाउँपालिकाको संरक्षणमा भएको हो । सो गोष्ठीमा डिभिजनल वन अधिकृत अशोक कुमार श्रेष्ठले प्रशिक्षण दिनु भएको थियोे । अधिकृत श्रेष्ठले सो गोष्ठीमा वन डढेलो लाग्ने मुख्य कारण,वन्यजन्तु संरक्षण कसरी गर्न सकिन्छ,वन्यजन्तुबाट हुने क्षतिको राहत कसरी दिन मिल्छ, वन ऐन,वन नियमवाली, वार्षिक प्रगति प्रतिवेदन तथा सेवा परिक्षण प्रतिवेदन कसरी प्रस्तुत गर्ने इत्यादी विषयमा प्रशिक्षण दिनुभएको थियोे । भने देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले स्थानीय तहले विकास गर्दा केके कुराहरूलाई अवलम्बन गरेर अगाडि बढ्नुपर्ने हो सो विषयमा जिज्ञासा राखेका थिए ।

    436305483_411772341489386_747559883695693927_n.jpg

    भने देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ विकास कै क्रममा वातावरणलाई धेरै असर परिरहेको हुन्छ त्यसको समाधान के छ भन्ने विषयमा कुरा राखेका थिए भने सोही क्रममा देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,भरत आचार्य लगाएतले जिज्ञासा राख्नु भएको थियोे ।

    उक्त गोष्ठी कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवर,वडा-१ अध्यक्ष मनिराज गुरूङ,वडा-२ अध्यक्ष मिन बहादुर राना,वडा-३ अध्यक्ष टेक बहादुर आले,वडा-४ अध्यक्ष मित्रलाल गुरूङ,देवघाट गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू लगाएत राजनिती दलका प्रतिनिधिहरूको सहभागीता रहेको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend