देवघाट बैशाख १९
तनहुँको देवघाटमा १३५ औँ विश्व मजदुर दिवस मनाइएको छ । आज बुधबार नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर यूनियन क्युपेक नेपाल देवघाट गाउँ कमिटीको आयोजना दिवस मनाइएको हो ।

सो कार्यक्रममा देवघाटका सम्पूर्ण मजदुरहरू लाई सहभागी गराइ उनिहरूको हक-अधिकारको विषयमा जानकारी समेत गराएका थिए । सो कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले भने क्युपेक नेपालले मजदुरहरूको लागि धेरै राम्रो काम गर्दै आएको बताए । उनले देवघाट गाउँपालिकामा विगतमा वैदेशिक रोजगार अन्तर्गत सामी कार्यक्रम मार्फत वैदेशिक रोजगारी बाट पिडित श्रमिक लाभान्वित भैसकेको र हाल सामाजिक सुरक्षा योजना अन्तर्गत कार्यक्रम लागू भएको तर गाउँपालिका भित्र उद्योग व्यवसाय र निर्माण व्यवसाय अन्तर्गत श्रमिकहरुको आधिकारिक पहिचान नभएको हुदाँ योजना लागू हुन नसकेको बताए ।

अध्यक्ष थापाले श्रमिकहरुको सूचिकृत र आधिकारिक पहिचानको पुर्ण तयारीका साथ देवघाट गाउँपालिकामा सम्पर्क गर्नु क्युपेकका पदाधिकारीहरुलाई अनुरोध समेत गरेका थिए । साथै अध्यक्ष थापाले आगमि दिनहरूमा क्युपेक नेपाललाई देवघाट गाउँपालिकासँग सहकार्य गर्दै अगाडि बढ्न अनुरोध गरे । सोही कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासँघ गण्डकी प्रदेश सचिव केशव चन्द्र न्यौपानेले भने क्युपेक राजनीतिक पार्टीहरुबाट अलग रहेर श्रमिकहरुको हकहित र सुरक्षाका लागि निर्माणको गरिएको एउटा संगठन हो । यस संस्थाले स्थापनाकाल देखि नै श्रमजीवी श्रमिकलाई हेरचाह र सुरक्षा दिदैँ आएको न्यौपानेले बताए ।

क्युपेक नेपाल केन्द्रीय कमिटीका उपमहासचिव सोम बहादुर आलेले क्युपिक नेपाल जिल्ला कमिटी तनहुँले वार्षिक रूपमा मनाउँदै आइरहेको कार्यक्रम आज देवघाट लगाएत विभिन्न ठाउँमा मनाइएको बताए । उपमहासचिव आलेले सोही अवसरमा श्रमिक भनेको देवता हो त्यसैले श्रमकलाई हामी सबैले सम्मान गर्नुपर्छ भन्दैँ एक व्यक्तिले अर्को व्यक्तिको कामलाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ भने । त्यस्तै गरि क्युपेक नेपालले स्थापना कालदेखि नै श्रमिकहरूको दु:ख सुखमा साथ दिदै आएको बताउदैँ स्थानीय सरकारले आफ्नो पालिकाको मजदुरहरूलाई दिने सेवा सुविधामा ध्यान दिन अनुरोध गरे ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरको विशेष अतिथ्यमा र अतिथिहरू क्युपेक नेपाल केन्द्रीय कमिटी सदस्य तथा साविक गण्डकी कमिटी इन्चार्ज हरिभक्त श्रेष्ठ,देवघाट-५ का सदस्य याम बहादुर मगर,देवघाट-५ का पूर्व अध्यक्ष याल बहादुर,देवघाट-१ का पूर्व अध्यक्ष भिम बहादुर गुरूङ,वडा नम्बर-५ का पूर्व सदस्य भोजराज नैनावस्ती,क्युपेक नेपाल तनहुँ जिल्ला कमिटीका अध्यक्ष बम बहादुर थापा,उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ,मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी,राष्ट्रिय युवा संघ देवघाट अध्यक्ष सुकुलाल गुरूङ,अनेमा संघ देवघाटका अध्यक्ष सावित्री न्यौपाने लगाएतको सहभागीमा कार्यक्रम सम्पन्न भएको थियोे । क्युपिक नेपालका संयोजक लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव पारस थापाले सञ्चालन गरेका थिए ।



