देवघाट-५ वडाले अनुदानमा कृषकलाई पम्प वितरण

images
  • 449
    SHARES
  • बैशाख २१, २०८१ शुक्रबार
    देवघाट-५ वडाले अनुदानमा कृषकलाई पम्प वितरण
    images

     देवघाट बैशाख २१

    देवघाट-५ वडाले अनुदानमा कृषकलाई पम्प वितरण गरेका छन् ।

    440172504_420570300609590_515762443120130409_n.jpg

    आज शुक्रबार वडा कार्यालयमा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवर र देवघाट गाउँपालिका कृषि शाखा अधिकृत बिश्वास अम्गाईले कृषकलाई सो पम्प वितरण गरेका हुन् ।

    441208060_420571073942846_7091274567748096703_n.jpg

    सो पम्प देवघाट गाउँपालिका वडा नं ५ को वार्षिक स्वीकृत कार्यकम अनुसार तरकारी तथा फलफुलमा औषधी छर्ने पम्प खरिद गर्न (५०%) अनुदान कार्यकम बमोजिम पम्प आवश्यक पर्ने कृषकहरुले माग गर्नु भए बमाजिमको पम्प खरिद गरी वितरण गरिएको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले बताउनुभयो । पम्पलाई निवेदक कृषक तथा कृषि फर्महरुले ५०% रकममा (ठूलो पम्पका लागि रु. ६ हजार र सानो पम्पका लागि रु. २ हजार ३ सय ५० ) पर्ने ठुलो पम्प ८ वटा र सानो पम्प २२ वटा गरी जम्मा ३० वटा पम्प वितरण गरिएको समेत अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

    441281023_420570860609534_5537474742017793061_n.jpg

    देवघाट-५ कार्यालयका सचिव पविता खनालले आज वडा कार्यालयमा पम्प बाड्न सुरू गरिएको बताउदैँ पम्प माग गरेका कृषकहरू वडा कार्यालयमा सम्पर्क गर्नु अनुरोध गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend