देवघाट,जेष्ठ १
देवघाट गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा आज मंगलबार देखि तिनदिने एकीकृत पाठ्यक्रम ( कक्षा१-३) सम्बन्धी कस्टमाइज्ड तालिम सुरू गरेका छन् ।

सो तालिम आज पालिकाको सभाहलमा तालिमको सुरूवात सँगै देवघाट गाउँपालिका शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने कार्यक्रमको विषयमा प्रष्ट पारेका थिए । भने तिनदिने तालिम अबधिभर होमनाथ लामिछाने,ऋषि घिमिरे,सरदचन्द्र खनाल,राजु गिरी र हरि बिलास लगाएतले नेपाली,अंग्रेजी,गणीत र हाम्रो सेरोफेरो विषयमा सहजीकर गर्ने छन् ।

शिक्षकहरूको सिप विकासको लागि तिनदिने तालिम आयोजना गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । उनले एकीकृत पाठ्यक्रम निर्माणले भोलि दिनमा पाठ्यक्रमको विषयमा मात्रै हैन कि अन्य विषयमा पनि टेवा पुर्याउने बताए ।

सोही अवसरमा अध्यक्ष थापाले भने विद्यालयमा पठनपाठन गराउदाँ पाठ्यपुस्तकका कुरालाई मात्रै प्राथमिकता दिएर हैन कि उसको समुदाय,वातावरण र साम्प्रदायिक मेल खाने खालको शिक्षा दिनुपर्छ । उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य लगाएत तालिममा शिक्षक शिक्षिकाहरू सहभागी रहेको थियोे । भने सो तालिम कार्यक्रम देवघाट गाउँपालिकाका पर्यटन शाखा प्रमुख होम बहादुर भारतीले सञ्चालन गरेका थिए ।



