देवघाट जेष्ठ ४
जिल्ला अदालत तनहुँले आज शुक्रबार देवघाट गाउँपालिकाकाको सभाहलमा एकदिने न्यायीक बाह्रय पहुँच कार्यक्रम सम्पन्न गरेका छन् ।

स्थानीय तह न्यायीक पहुँचबाट टाढा हुदाँ धेरै कुराहरूमा समस्या उत्पन्न भएको हुदाँ त्यहीँ कुराहरूलाई मध्ये नजर गर्दै कार्यक्रम आयोजना गरिएको जिल्ला अदालत तनहुँका न्यायाधीश माननीय कमलराज विष्ट बताउनुभयो । कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले जिल्ला अदालत तनहुँ देवघाट गाउँपालिकामा न्यायीक बाह्रय पहुँच कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियोे । साथै अध्यक्ष थापाले आगमि दिनहरूमा यही कार्यक्रमको लागि बजेट समेत विनियोजन गर्ने बताउदैँ यस एकदिने तालिमले देवघाट गाउँपालिका लगाएत कार्यक्रममा सहभागी सम्पूर्णलाई व्यक्तिगत रूपमा धेरै लाभ हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालत तनहुँका न्यायाधीश माननीय आत्मादेव जोशी,माननीय चन्द्र कुमार पोखरेलको विशेष उपस्थितिमा न्यायीक बाह्रय पहुँच कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै गरि कार्यक्रम देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले बाल बिबाह र बहु-बिबाहको विषय उठान गर्दै केही कामहरू गर्दा समस्या उत्पन्न हुन्छ त्यसलाई सकेसम्म स्थानीय स्तरमै समाधान गर्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,देवघाट गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवर,वडा सदस्य कमला गुरूङ,याम बहादुर मगर,सरस्वती परियार र बुद्धि बहादुर पाण्डे,सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्ट,उद्योग वाणिज्य संघ देवघाट अध्यक्ष रोशन श्रेष्ठ,देवघाट महिला सञ्जाल अध्यक्ष राधादेवी खनाल लगाएत जिज्ञासा राखेका थिए भने पालिकाका सम्पूर्ण कर्मचारीहरूको सहभागीता रहेको थियोे । सो कार्यक्रम देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्तले सञ्चालन गरेका थिए ।



