देवघाट जेठ ९
देवघाट गाउँपालिकाको आयोजनामा वडा नम्बर २ र ३ का जेष्ठ नागरिकहरुलाई नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको चालु आ.व.२०८०/८१ को वार्षिक कार्यक्रम अनुसार जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य परिक्षण शिविर गर्न लागेको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताउनुभयो ।
सो शिविर वडा नम्बर ३ को छिपछिपे स्वास्थ्य चौकीमा वडा नम्बर २ र ३ का जेष्ठ नागरिकहरुको लागि यही जेठ १३ गते आँखा, कान र दाँत सम्बन्धी स्वास्थ्य परिक्षण शिविर हुने भएको छ ।

स्वास्थ्य परिक्षणको लागि जेष्ठ नागरिकहरु अस्पतालसम्म जान समस्या पर्ने भएको हुँदा गाउँमै विशेषज्ञ डाक्टरको सेवा सहित स्वास्थ्य परिक्षण गर्न लागिएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताउनुभयो ।



