देवघाट जेष्ठ १४
देवघाट गाउँपालिकाले १३६ जनालाई आँखा,कान र दाँत सम्बन्धि नि:शुल्क परिक्षण शिविर दिएका छन् ।

आइतबार गाउँपालिकाको आयोजना तथा चितवन मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा देवघाट २ र ३ वडामा विशेष प्राथमिकता जेष्ठ नागरिकहरूका लागि आँखा,कान तथा दात सम्बन्धि नि:शुल्क स्वास्थ्य परिक्षण शिविर दिएका हुन् ।

२०८०/८१ को स्वकृत बजेट अनुसार स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले बताए । गुरूङले शिविर कार्यक्रम मुख्य गरि जेष्ठ नागरिकलाई प्राथमिकतामा राखि सञ्चालन गरिएको बताउदैँ आगमि वर्षहरूमा पनि यस्तै शिविर कार्यक्रमलाई प्राथमिकता दिने प्रतिवद्वता गरे । शिविरमा आँखा ६०,कान ७० र दात ५१ जना गरि जम्मा १३६ जनाले स्वास्थ्य परिक्षण गराइ सेवा लिएका हुन् ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रम देवघाट-३ छिपछिपे स्वास्थ्य चौकीमा सम्पन्न भएको थियोे । शिविरमा सहभागी राममायाँ गुरूङले देवघाट गाउँपालिकाले देवघाटको माथिल्लो भेगमा समेत शिविर कार्यक्रम आयोजना गरिएको धन्यवाद व्यक्त गरेका थिए । उनले दाँत,आँखा र कान सम्बन्धि सामान्य समस्या हुदाँ समेत बजार जानुपर्ने तर बजार एरिया सम्म पुग्न दिनै मारेर जानुपर्ने भएको हुदाँ हामीले यस्ता धेरै समस्या लिएर बसेका बेला पालिकाले स्वास्थ्य शिविरले ल्याइ राहत मिलेको बताएका थिए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,देवघाट-२ अध्यक्ष मिन बहादुर राना,देवघाट-३ अध्यक्ष टेक बहादुर आले,कार्यपालिका सदस्य याम मायाँ गुरूङ,वडा-३ सदस्य नर बहादुर मगर,देवघाट स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार बुढाथोकी,छिपछिपे स्वास्थ्य चौकी प्रमुख हेमनाथ कडेल,बैदि स्वास्थ्य चौकी प्रमुख पुष्पहरी रानाभाट,देवघाट धर्मार्थ अस्पताल डा.सुरज कुमार गुप्त लगाएतको उपस्थिति रहेको थियोे ।






