देवघाट जेष्ठ १४
तनहुँको देवघाट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका छन् ।

"स्थानीय स्वामित्व र सहभातिामा-पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता"भन्ने मुल नारा सहित आइतबार पूर्ण खोप पालिका सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरि २०८१ जेष्ठ १३ गतेका दिन पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् । पालिकाका अध्यक्ष तिल बहादुर थापाले व्यानरमा हस्ताक्षर गरी घोषणा गरेका थिए । देवघाट गाउँपालिका भित्र रहेका १६ महिना देखि ५९ महिना सम्मको सबै बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पूर्ण खोप प्राप्त भएको पालिकाले सुनिश्चितता गरेको छ ।

सो पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले अब खोपको कारणले कोहि पनि बच्चा लुडोलङ्गडो हुन पर्दैन,आज भन्दा धेरै बर्ष अगाडि खोपको अभावको कारणले बच्चाहरू लुडोलङ्गडो हुने,उचाइ कम हुने गथ्र्यो तर अहिले हरेक स्थानीय तहमा पूर्णखोप घोषणा कार्यक्रमले जोकोहीलाई पनि खोप प्रदान गरिदै आएको छ यसले गर्दा बच्चामा त्यस्तो समस्या देखा परेका छैनन् । साथै अध्यक्ष थापाले अघिल्लो वर्षमा समेत पालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेको बताउदैँ आगमि दिनहरूमा पनि यस कार्यक्रमलाई निरन्तरता दिदैँ अगाडि बढाउने बताए ।

देवघाट स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार बुढाथोकीले भने देवघाट गाउँपालिका भित्रका १५ महिनाभित्रको बालबालिकाहरू जम्मा २०७ जना बच्चाले खोप प्राप्त गरेको बताए । उनले ३७९८ घरधुरीमा १५ देखि ५९ महिनाको बच्चा जम्मा ६१५ जनामा ६१३ जनाले खोप प्राप्त पश्चात् प्रत्येक वडाको अध्यक्षले हाम्रो प्रत्येक टोलमा कुनै पनि बच्चा खोपबाट छुट्टिएको छैन भन्ने खबर पाए पछि देवघाट गाउँपालिकाभित्रका बालबालिकाहरू कुनै पनि खोपबाट बन्चित छैन भनेपछि खोप समन्वय समितिको सचिवालयबाट देवघाट गाउँपालिकामा आइ प्रत्येक ठाउँमा अवलोकन गरि बच्चाहरू खोपबाट बन्चित रहेनछ भन्ने थाहा पाएपछि पालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको हो ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले पालिकालाई पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गर्न पाउदाँ खुसी व्यक्त गर्दै अभियान सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । उनले "स्वास्थ्य नै मानिसको महत्त्वपूर्ण धन हो" भन्दै देवघाट गाउँपालिकालाई हरेक वर्ष पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गर्ने प्रतिवद्वता गरे ।

पूर्णखोप पालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम देवघाट गाउँपालिकाबाट सम्पूर्ण प्रक्रिया पुरा गरी सवै खोप दिलाई पूर्णखोप पाएको सुनिश्चित गरिएको हुँदा खोप समन्वय समितिको सचिवालयले स-धन्यवाद सहित देवघाट गाउँपालिकालाई प्रमाण-पत्र प्रदान प्रदान गरिएको थियोे ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ,स्वास्थ्य कार्यालय तनहुँका शंकरबावु अधिकारी,मोहदत्त ढकाल,वडा-२ अध्यक्ष मीन बहादुर राना,वडा-३ अध्यक्ष टेक बहादुर आले,कार्यपालिका सदस्य याम मायाँ गुरूङ,छिपछिपे स्वास्थ्य चौकी हेमनाथ कडेल,बैदी स्वास्थ्य चौकी पुष्पहरि रानाभाट,देवघाट धर्मार्थ अस्पतालका डा. सुरज कुमार गुप्ता लगाएतको उपस्थिति रहेको थियोे ।




