देवघाट जेष्ठ १५
एकल महिला देवघाट गाउँपालिका वडा- ५ को अध्यक्षमा नरीमायाँ सिंजाली चयन भएका छन् । आज मंगलबार गणतन्त्र दिवसको अवसर पारेर एउटा कार्यक्रमको आयोजना गरी ७ सदस्यीय समिति चयन गरिएको हो ।

जहाँ अध्यक्ष पदमा नरीमायाँ सिंजाली,उपाध्यक्ष पदमा कृष्ण मायाँ चौलागाईं,सचिव पदमा लक्ष्मी सापकोटा,कोषाध्यक्ष पदमा सनम गुरूङ र सदस्य पदमा विमला तामाङ,देउमायाँ थापा मगर,चन्द्रा राना गरी सात सदस्यीय समिति चयन भएका छन् । सो कार्यक्रमका प्रमुख अतिथि राधादेवी खनालले वडा स्तरीय महिला सञ्जालले राम्रो कामहरू गर्दै आएको बताउदैँ धन्यवाद व्यक्त गरेका थिए । उनले सो समिति चयन समारोहमा एकल महिला दिदिबहिनीलाई यो समाजमा हेर्ने दृष्टिकोण नराम्रो छ भन्दै त्यसलाई चिर्दै अगाडि बढ्न अनुरोध गरे । समाजले के भन्छ, के सोच्छ भनेर अगाडि बढ्ने हैन कि आफुलाई के ठिक लाग्छ त्यसलाई निरन्तरता दिदै अगाडि बढ्ने हो भने ।

बिधुवा तथा एकल महिलाहरूले केही गर्न सक्दैन यिनिहरू कमजोर हुन्छ,जे भन्दा पनि हुन्छ भन्ने समाजको बिक्रीतिलाई हटाउनको लागि देवघाट वडा-५ स्तरीय एकल महिला समिति गठन गरिएको अध्यक्ष नरिमायाँ सिंजालीले बताए । उनले महिलाले आटे जस्तो अवस्थामा पनि केही गर्न सक्छ भन्दै सबै एकल महिलालाई एकजुट भएको अघिबढ्नुपर्छ भने ।

त्यस्तै गरि कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले एकल महिलालाई हेर्नेदृष्टकोण अन्य महिलालाई हेर्ने भन्दा फरक छ त्यसैले तपाईहरू सबै एकजुट भएर अगाडि बढ्यो भने एकल महिलाको हक-अधिकारले पाउनुपर्ने सेवा सुविधा समेत पाउने जानकारी गराउदैँ आवश्यक परेको कुराहरू स्थानीय सरकारलाई माग गर्न अनुरोध गरेका थिए ।

सो कार्यक्रम वडा नम्बर-५ स्तरीय महिला सञ्जालको आयोजना तथा वडा नम्बर-५ कार्यालयको आर्थिक सहयोगमा भएको थियोे । सञ्जालका सचिव बसन्ती थापा मगरले सञ्चालन गरेको सो कार्यक्रममा एकल महिलाहरूको बृहत् सहभागीता रहेको थियोे ।



