देवघाटमा गणतन्त्र दिवस रक्तदान कार्यक्रम गरी मनाए,४८ जनाले दिए रगत

images
  • 403
    SHARES
  • जेठ १५, २०८१ मंगलबार
    देवघाटमा गणतन्त्र दिवस रक्तदान कार्यक्रम गरी मनाए,४८ जनाले दिए रगत
    images

     देवघाट जेष्ठ १५

    "मानवताकाे सेवा नै जिवनकाे सर्वाेत्तम कार्य हाे"भन्ने मुल नारा सहित देवघाटधाम जेसीज,लियाे क्लब अफ देवघाट चाैतारी, देवघाट सामुदायिक सिकाई केन्द्र र नेपाल रेडक्रस साेसाईटी देवघाट उपशाखाकाे संयुक्त आयाेजना तथा प्रादेशिक रक्तसञ्चार केन्द्र,भरतपुरकाे प्राविधिक सहयाेगमा आज मंगलबार देवघाट गाउँपालिका परिसरमा रक्तदान कार्यक्रम गरी गणतन्त्र दिवस मनाएका छन् ।

    445026649_435754695757817_101015249429076023_n.jpg

    जहाँ ४८ जनाले रक्तदान गरेका थिए । रगतको अभावले कोहिपनि बिचलित हुन नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सम्राट अधिकारी जानकारी दिए । सो रक्तदान कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख अतिथ्यमा भएको थियोे ।

    441526351_435765692423384_3937020034438755427_n.jpg

    रक्तदान कार्यक्रम सँगै देवघाट गाउँपालिकाको सभाहलमा Public Speaking & Personality Development Training समेत आज सम्पन्न गरिएको छ । सो तालिम SEE र +2 दिएर बसेका विद्यार्थीहरूलाई विषेश प्राथमिकताका साथ निःशुल्क तालिम दिइएको देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले बताएका थिए ।

    445693355_435793592420594_3155209610566844120_n.jpg

    सो तालिममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवर,देवघाट गाउँपालिकाका शिक्षा शाखाका कर्मचारी सुभद्रा भट्टराई, गलेश्वर आश्रमका बटुकहरू,सहकारीका अध्यक्ष तथा प्रतिनिधि त्यस्तै गरि देवघाटधाम जेसीज बोर्डका सदस्यहरू लगाएत अन्य महिला दिदिबहिनीहरूले तालिममा सहभागी जनाएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend